काठमाडौं -पछिल्लो २४ घण्टामा  ३० जना कोरोना संक्रमण मुक्त भएका छन्  । पछिल्लो २४ घण्टामा  ३० जना कोरोना संक्रमण मुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे  ।
देशभर २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९८५ जनाको परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन नभएको मन्त्रालयले जनाएकाे छ ।  योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५१४ पुगेको छ ।