Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • वस्तुभाउ बिक्रीका लागि पशु बजार एप
वस्तुभाउ बिक्रीका लागि पशु बजार एप
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १४, २०७९
pasubazarap
Hardik health
काठमाडौं - घरमा भएका वस्तुभाउ खरिद वा बिक्री गर्नुपर्‍यो भने के गर्नुहुन्छ ? सायद कोही एजेन्ट (मध्यस्थकर्ता) को सहयोग लिनुहुन्छ होला । अझै पनि देशका प्रायः भागमा एजेन्ट लगाएर गाईवस्तु बिक्री गर्ने प्रचलन छ । यसो गर्दा बीचमा बसेर कुरा मिलाउने वा बिक्रेता र क्रेता भेटाइदिने व्यक्तिले मोटो रकम कमिसनका रूपमा पाइरहेको हुन्छन् । यसबाट बिक्री गर्ने र खरिद गर्नेलाई कुनै न कुनै रूपमा मार परिरहेको हुन्छ । त्यस्तै आफूले चिनेका वा गाउँघरमा भएका एजेन्टसँग हामीलाई आवश्यक परेको वस्तुभाउ नहुन सक्छ । त्यस्तो अवस्थामा गाउँ डुलेर वस्तुभाउ खोज्नुपर्ने हुन्छ । बिक्री गर्दा पनि त्यस्तै समस्या आइलाग्छ । यही समस्यालाई न्यूनीकरण गर्न झापाका नवीन अधिकारीले 'पशु बजार' एप ल्याएका छन् । पाँच वर्षअघि अध्ययनको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारीलाई यस वर्ष घर फर्किँदा याे एपको आइडिया आएकाे बताए । "दशैँअघि घर गएको थिएँ," उनी भन्छन्, "गाउँ जाँदा एउटै गाई बेच्दा ४/५ हजार कमिसन तिर्नुपरेकाे कुरा सुनेँ । त्यसपछि नै 'पशु बजार' एप बनाउन सुरु गरेँ ।"यस एपमा आफूसँग भएका कुनै पनि वस्तुभाउ (गाई, भैंसी, बाख्रा, खसी, बोका आदि) बिक्रीका लागि राख्न सकिन्छ । त्यस्तै यस्ता वस्तुभाउ आवश्यक परेका व्यक्तिले उक्त एपबाट बिक्रेता पहिचान गरी उसँग सोझै कुरा गर्न सक्छन् । यस एपमा विशेषगरी पशु एड गर्ने, पशु सर्च गर्ने, पोस्टमा कमेन्ट गर्नसक्ने, आफूलाई आवश्यक हुने पशुको विवरण सेभ गर्न र बिक्रेतासँग सोझै कुराकानी गर्न सकिने सुविधा रहेकाे अधिकारी बताउँछन् । यसमा आफूले बिक्री गर्न चाहेको पशुको विभिन्न विवरण जस्तै त्यसको कलर, तौल, उचाइ, गाई भैंसी भएको अवस्थामा दुधको मात्रा, पशु भएको ठाउँको विवरण समावेश गर्नुपर्ने हुन्छ । बिक्रेताले राखेको विवरण खरिद गर्ने व्यक्तिले एपबाट देख्छन् र आफूलाई आवश्यक परेको पशु खरिद गर्नसक्छन् । त्यस्तै खरिदकर्ताले एप खोल्नासाथ त्यसको होम पेजमा विभिन्न पशुको आइकन देख्नसक्छन् ।आफूलाई आवश्यक परेको पशुको आइकनमा ट्याप गरी बिक्रीका लागि राखिएका पशु देख्न सकिनेछ । त्यसबाट आफूलाई इच्छा भएको पशु, बिक्रेतालाई सम्पर्क गरी खरिद गर्न सकिनेछ । गाईवस्तु भएका प्रायः मानिसहरूसँग एन्ड्रोइड फोन हुने भएकाले हाललाई एन्ड्रोइड एपमात्र बनाएको उनकाे भनाइ छ ।एप फ्लटरमा आधारित भएकाले आवश्यक परेको खण्डमा आईओएस भर्सनमा पनि ल्याउन सकिने उनले बताए ।''किसानमा केन्द्रित एप भएकाले उनीहरूबाट कुनै शुल्क लिने योजना छैन बनाएका छैनन् । पशुसँग सम्बन्धित विज्ञापनबाट आम्दानी गर्ने साेच छ,'' उनले टेकपानासँग भने ।"अहिले हामीले गाई, भैँसी, खसी बाख्रा, सुँगुर कुखुरा आदिको लिस्ट मात्र तयार पारेका छौँ । आवश्यकता र माग अनुसार पशुको लिस्ट थप्दै जानेछु," उनले थपे । यसमा देशभरको जुनसुकै क्षेत्रबाट पशु बिक्रीका लागि राख्न सकिने भएकाले प्रयोगकर्ता बढ्दै जाने अपेक्षा उनकाे छ ।अहिलेलाई पशु बजार एप एन्ड्रोइड प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP