Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • आधुनिक उपकरणले कृषिकार्य सहज
आधुनिक उपकरणले कृषिकार्य सहज
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ३, २०७९
Hardik health
कञ्चनपुर-  कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृतिमान डगौँरालाई पहिला खेतीपाती गर्दा धेरै समय र व्यतित गर्नुपथ्र्याे तर अहिले आधुनिक उपकरण आएपछि उनलाई सहज भएको छ । “अहिले त मेसिनको सहायताले एक बिघा जग्गाको धान एक दिनमा काट्न सकिन्छ ।” डगौराले भने, “कृषि कार्य गर्न आधुनिक उपकरण आएपछि पैसा र समयको बचत भएको छ ।” परम्परागत हल गोरुबाट खेतीपाती गर्दै आएका उनले मजदूरको अभाव हुनाका साथै समय र मेहनत धेरै लाग्ने गरेको बताए । अहिले यहाँका किसानले खेतबारी जोताउन पावर टिलर, हाते ट्र्याक्टर, धान रोपाइँ गर्नेदेखि बाली भित्र्याउनसमेत कृषि उपकरणकै प्रयोग गर्न थालेका छन् । “उतिबेला मजदूर खोजेर धान कटाउन महिनौँ लाग्थ्यो अहिले त्यस्तो छैन ।” डगौराले विगत सम्झिँदै भने“त्यो बेलाको कडा मेहनत हेर्दा त अहिले खेतीपाती गर्न निकै सहज भएको छ ।” उपकरण भएपछि शरीरलाई पनि थकान महसुस नहुने र एक घण्टामै धान गहुँ सबै काट्नसक्ने अर्का किसान रामलाल चौधरीले बताए । “अहिले त जमाना कहाँ पुगिसक्यो पहिला बिहानदेखि बेलुकीसम्म खेतमा काम गर्नुपथ्यो”, उनले भने“विगतमा सबैको घरमा हलगोरु हुन्थे अहिले सबैको घर–घरमा खेत जोत्ने, धान काट्ने मेसिन छन् ।” “मेसिन आएपछि त मजदूर लगाउनु परेन गोरु पाल्नु परेन फाइदै फाइदा छ नि”, चौधरीले भने,“आधुनिक यन्त्र गाउँ पुगेपछि हामीलाई निकै सहज भएको छ ।” सरकारले पनि कृषिमा आधुनिकीकरण गर्ने लक्ष्य अनुरुप प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत किसानलाई कृषि कार्यका लागि आधुनिक उपकरण अनुदानमा दिने गरिएको छ । कृषि कार्यमा यन्त्रउपकरणको प्रयोगले उत्पादन पनि बढेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत हरिदत्त जोशीले बताउनुभयो । “मेसिनको प्रयोगले खनजोत गर्दा माटो खुकुलो हुने, मलखाद मिसिने, जमिन बराबर गरेर जोतिने भएकाले तत्पादन वृद्धि हुन्छ ।” उनले भने “अर्को फाइदा मजदूरको लागत घट्ने र समयको बचत हुने भयो ।” अधिकृत जोशीले पछिल्लो समय कृषि कार्यमा ९५ प्रतिशत यन्त्रउपकरण प्रयोग हुने गरेको जानकारी दिए । मुख्यमन्त्री कृषि कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत किसानको माग अनुसार पावर टिलर लगायतका कृषियन्त्र अनुदानमा किसानलाई उपलब्ध हुँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP