Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कोरोना संक्रमणबाट मृत्यु खोप नलगाएका ७५ प्रतिशत
कोरोना संक्रमणबाट मृत्यु खोप नलगाएका ७५ प्रतिशत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २५, २०७९
Hardik health
काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप नलगाएको पाइएको छ । उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरे । ‘खोप नलगाएका उच्च जोखिममा रहेकाले खोप नलगाउनुभएका सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन आग्रह गर्दछौं,’ सहप्रवक्ता अधिकारीले भने । मंगलबार मात्र कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ११ हजार ९७४ जनाको कोरोना संक्रमणका कारणले ज्यान गइसकेको तथ्यांक छ । नेपालमा संक्रमणका कारणले प्रति १० लाखमा ४१०.२ जनाको निधन भएको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन् । ६० देखि ६९ वर्षका दुई हजार ५०८, ७०–७९ वर्षका दुई हजार ३८९, ५०–५९ का दुई हजार ३०३, ४०–४९ का एक हजार ६६५, ८० वर्ष माथिका एक हजार ६३९, ३०–३९ वर्षका ९६५, २०–२९ वर्षका ३८१, १०–१९ वर्षका ५७, नौ वर्षमुनिका ५१ र अज्ञात १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार खोप नलगाएका मानिसलाई कोभिड–१९ संक्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ । मन्त्रालयले पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइन्छ । मन्त्रालयले लक्षित जनसंख्याको ९३.३ प्रतिशतले पहिलो मात्रा र ८८.५ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेका जनाएको छ । कोभिड–१९ बाट संक्रमित ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकाले संक्रमणबाट बच्नका लागि खोप लगाउन आग्रह गरिएको छ । संक्रमणबाट बच्नका लागि नाक, मुख छोपिने गरी सही तरिकाले मास्क लगाउन, भौतिक दूरी कायम गर्न, खोक्दा वा हाच्छ्यु“ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्न, झ्याल सधैं खुला राख्न र बेलाबेलामा साबुन पानीले मिचीमिची हात धुन आग्रह गरेको छ । अहिले दैनिक एक हजारभन्दा बढी संक्रमण देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयले अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्ने अनुमान गरेको छ । मन्त्रालयका प्रवक्ता डा. अधिकारीले अब दुई हप्तामा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने बताए । नजिकि“दो चाडपर्वले पनि कोरोना संक्रमणको जोखिम बढाउनसक्ने उनले बताए । चाडपर्वमा सामाजिक दूरी कायम नहुने, भीडभाड हुने भएकाले संक्रमण फैलिने सम्भावना बढेर जाने डा. अधिकारीको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP