Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महामारी नियन्त्रणमा जिम्मेवार बनौँ
महामारी नियन्त्रणमा जिम्मेवार बनौँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १२, २०७९
Hardik health
कोरोना भाइरस संक्रमणका कारण बितेका दुई वर्ष निकै सकसपूर्ण भए । अर्थतन्त्र चौपट भयो । मानिसहरूमा त्रासको वातावरण सिर्जना भयो । नेपालमै पनि कोरोना कारण ११ हजार ९६० जनाले ज्यान गुमाए । पछिल्लो समय खोपको विकास र नेपालमा पनि खोपको प्रयोगस“गै कोरोनाको त्रास कम हुन थाल्यो । मानिसहरू पुरानै लयमा फर्किन थाले । कोरोना कारण निधेष गरिएका, बन्द गरिएका विभिन्न क्षेत्र खोलिए । विस्तारै जुर्मुराउन थाले । मानिसहरूले कोरोनालाई बिर्सिन थाले । तर, फेरि कोरोना संक्रमणदर उकालो लाग्न थालेको छ । बुधबार मात्र नेपालमा ५६४ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा एक जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । ओमिक्रोनको ‘बिएफाइभ’ जातिको भेरियन्ट देखिएस“गै नेपालमा संक्रमण दिनानुदिन बढिरहेको छ । बिएफाइभ संक्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ । शून्य दशमलव ५ प्रतिशतसम्म झरेको नेपालमा संक्रमणदर अहिले १२ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार गत साता बुधबार (साउन ४ गते) संक्रमणदर १० प्रतिशत रहेकोमा अहिले त्यो १२ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दास अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको संकेत गरेको बताउ“छन् । संक्रमण बढ्दै गएपछि आगामी तीन महिनाको सम्भावित संक्रमितको अनुमान गरेर त्यसलाई व्यवस्थापन गर्न द्रुत कार्ययोजना अन्तिम तयारी अवस्था पु¥याइएको महाशाखा प्रमुख दासको भनाइ छ । उनले सम्भावित संक्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई संक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको जानकारी दिए । हामीले बितेका अढाइ वर्षमा कोरोनालाई नजिकबाट चिन्यौं । त्यसका पारेका आर्थिक, सामाजिक र स्वास्थ्य समस्यालाई नजिकबाट महसुस ग¥यौं । सुरु–सुरुमा कोराना देखिएका बेलाको जस्तो त्रास अहिले छैन । तर, जोखिम भने कम भएको छैन । जोखिम कम भएको छैन र संक्रमण अन्त्य भइसकेको छैन भन्ने स्वास्थ्य मन्त्रालयकै तथ्यांकले देखाउछ । पछिल्लो समय दैनिक बढिरहेको संक्रमणले के देखाउँछ भने संक्रमणदर बढ्दै गएको छ । अहिले सुरुआतीकाल जस्तो छैन । स्वास्थ्य पूर्वाधारको विकास भएको छ । खोप बनिसकेको छ । धेरैजसो नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । खोप अभियान जारी छ । तेस्रो डोज लगाउने क्रम सुरु भइसकेको छ । तर, यसो भन्दैमा लापरवाही भने गर्नु हुँदैन । समस्या आफूलाई नपरुञ्जेल र नभोगुञ्जेल नचेत्ने हाम्रो बानीले हामीलाई नै समस्या पार्न सक्छ ।आउन सक्ने सम्भावित जोखिमलाई ध्यान राखेर राज्यका तर्फबाट पनि तयारी थाल्नुपर्छ । नागरिक स्वयंले पनि सजगकता अपनाउनुपर्छ । हामीले कोरोनाका बेला यसअघि नै पालना गरिसकेका आचार–विचारलाई फेरि अनुशरण ग¥यौं भने कोरोनाको संक्रमण र जोखिमबाट धेरै हदसम्म बच्न सकिन्छ । मुख्यगरी हाम्रो स्वास्थ्य हाम्रै हातमा छ । यसलाई मनन् गरौं । यसअघिको जस्तो चरम महामारीको अवस्था आउन नदिन सबैले जिम्मेवार बनौं ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ सोमबार, कात्तिक १७, २०८२
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघद्वारा सुझाव पेस
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघद्वारा सुझाव पेस शुक्रबार, कात्तिक १४, २०८२
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित शुक्रबार, कात्तिक १४, २०८२
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बिहीबार, कात्तिक १३, २०८२
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म मंगलबार, कात्तिक ११, २०८२
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा सोमबार, कात्तिक १०, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP