Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महामारी नियन्त्रणमा जिम्मेवार बनौँ
महामारी नियन्त्रणमा जिम्मेवार बनौँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १२, २०७९
Hardik health
कोरोना भाइरस संक्रमणका कारण बितेका दुई वर्ष निकै सकसपूर्ण भए । अर्थतन्त्र चौपट भयो । मानिसहरूमा त्रासको वातावरण सिर्जना भयो । नेपालमै पनि कोरोना कारण ११ हजार ९६० जनाले ज्यान गुमाए । पछिल्लो समय खोपको विकास र नेपालमा पनि खोपको प्रयोगस“गै कोरोनाको त्रास कम हुन थाल्यो । मानिसहरू पुरानै लयमा फर्किन थाले । कोरोना कारण निधेष गरिएका, बन्द गरिएका विभिन्न क्षेत्र खोलिए । विस्तारै जुर्मुराउन थाले । मानिसहरूले कोरोनालाई बिर्सिन थाले । तर, फेरि कोरोना संक्रमणदर उकालो लाग्न थालेको छ । बुधबार मात्र नेपालमा ५६४ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा एक जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । ओमिक्रोनको ‘बिएफाइभ’ जातिको भेरियन्ट देखिएस“गै नेपालमा संक्रमण दिनानुदिन बढिरहेको छ । बिएफाइभ संक्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ । शून्य दशमलव ५ प्रतिशतसम्म झरेको नेपालमा संक्रमणदर अहिले १२ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार गत साता बुधबार (साउन ४ गते) संक्रमणदर १० प्रतिशत रहेकोमा अहिले त्यो १२ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दास अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको संकेत गरेको बताउ“छन् । संक्रमण बढ्दै गएपछि आगामी तीन महिनाको सम्भावित संक्रमितको अनुमान गरेर त्यसलाई व्यवस्थापन गर्न द्रुत कार्ययोजना अन्तिम तयारी अवस्था पु¥याइएको महाशाखा प्रमुख दासको भनाइ छ । उनले सम्भावित संक्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई संक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको जानकारी दिए । हामीले बितेका अढाइ वर्षमा कोरोनालाई नजिकबाट चिन्यौं । त्यसका पारेका आर्थिक, सामाजिक र स्वास्थ्य समस्यालाई नजिकबाट महसुस ग¥यौं । सुरु–सुरुमा कोराना देखिएका बेलाको जस्तो त्रास अहिले छैन । तर, जोखिम भने कम भएको छैन । जोखिम कम भएको छैन र संक्रमण अन्त्य भइसकेको छैन भन्ने स्वास्थ्य मन्त्रालयकै तथ्यांकले देखाउछ । पछिल्लो समय दैनिक बढिरहेको संक्रमणले के देखाउँछ भने संक्रमणदर बढ्दै गएको छ । अहिले सुरुआतीकाल जस्तो छैन । स्वास्थ्य पूर्वाधारको विकास भएको छ । खोप बनिसकेको छ । धेरैजसो नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । खोप अभियान जारी छ । तेस्रो डोज लगाउने क्रम सुरु भइसकेको छ । तर, यसो भन्दैमा लापरवाही भने गर्नु हुँदैन । समस्या आफूलाई नपरुञ्जेल र नभोगुञ्जेल नचेत्ने हाम्रो बानीले हामीलाई नै समस्या पार्न सक्छ ।आउन सक्ने सम्भावित जोखिमलाई ध्यान राखेर राज्यका तर्फबाट पनि तयारी थाल्नुपर्छ । नागरिक स्वयंले पनि सजगकता अपनाउनुपर्छ । हामीले कोरोनाका बेला यसअघि नै पालना गरिसकेका आचार–विचारलाई फेरि अनुशरण ग¥यौं भने कोरोनाको संक्रमण र जोखिमबाट धेरै हदसम्म बच्न सकिन्छ । मुख्यगरी हाम्रो स्वास्थ्य हाम्रै हातमा छ । यसलाई मनन् गरौं । यसअघिको जस्तो चरम महामारीको अवस्था आउन नदिन सबैले जिम्मेवार बनौं ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP