Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • बाल शिक्षक र कार्यालय सहयोगीको तलब घट्ने
बाल शिक्षक र कार्यालय सहयोगीको तलब घट्ने
बुधबार, असार २२, २०७९
Book
Hardik health
ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिकामा नगर परिषद्ले पास गरेको बजेटमा कुनै शंसोधन नभए बाल शिक्षक,कार्यालय सहयोगी र विद्यालय कर्मचारी (लेखापाल) ले साविक खाइपाइ आएको तलबमा बढीमा ३३ र कम्तिमा साढे ३ प्रतिशतसम्म कटौती हुने भएको छ । फुङलिङ नगरपालिकामा ५४ जना बाल शिक्षक,४९ जना कार्यालय सहयोगी र ८ जना विद्यालय कर्मचारी रहेको फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेलले जानकारी दिए । पौडेलका अनुसार चालू आर्थिक वर्षसम्म बाल शिक्षक र कार्यालय सहयोगीका लागि नगरपालिकाले संघ सरकारबाट प्राप्त अनुदानमा मासिक जनही ७/७ हजार र विद्यालय कर्मचारीका लागि १ हजार ५ सय रुपैयाँ थप गरी तलबभत्ता निकासा गर्ने गरेको थियो । संघ सरकारबाट शिक्षक र कार्यालय सहयोगीका लागि मासिक जनही ८/८ हजार रुपैयाँ अनुदान आउने गरेको थियो । विद्यालय कर्मचारीका लागि भने संघ सरकारबाट मासिक जनही १३ हजार ५ सय रुपैयाँ प्राप्त हुने गरेको थियो । संघ सरकारबाट प्राप्त हुने ८/८ हजार मासिक अनुदानमा नगरपालिकाले बाल शिक्षक र कार्यालय सहयोगीलाई जनही मासिक ७र७ हजार थप गरी मासिक जनही १५/१५ हजार रुपैयाँ दिने गरेको थियो । विद्यालय कर्मचारीलाई भने संघबाट प्राप्त हुने मासिक जनही १३ हजार ५ सय रुपैयाँमा मासिक जनही १ हजार ५ सय थप गरेर मासिक जनही १५ हजार रुपैयाँ प्रदान हुदैं आएकोमा यसबर्ष नगर परिषद्बाट प्राप्त हुने बजेट शंसोधन नभए तीनै तहमा कार्यरत जनशक्तिको तलब घट्ने देखिएको छ । शिक्षा अधिकृत पौडेलका अनुसार नगर परिषद्ले बाल शिक्षक,कार्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि भनेर आगामी आवमा ४१ लाख ८६ हजार रुपैयाँ बिनियोजन गरेको छ । ‘परिषद्बाट अनुमोदन भएपनि रातो किताबमा छाप्ने प्रयोजनका लागि प्रमाणीकरण भइसकेको भने छैन’ शिक्षा अधिकृत पौडेलले भने । उनका अनुसार आगामी आवमा बाल शिक्षक,कार्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि बिनियोजन भएको सो रकममध्ये बाल शिक्षकका लागि संघ सरकारबाट प्राप्त हुने अनुदानमा मासिक जनही ४ हजार,कार्यालय सहयोगीका लागि मासिक जनही २ हजार र विद्यालय कर्मचारीका लागि मासिक जनही १ हजार थप गर्ने गरी बजेटको बाँडफाँडको आधार बनाइएको छ । यसोगर्दा बाल शिक्षकले मासिक अब १२ हजार,विद्यालय कर्मचारीले १४ हजार ५ सय र कार्यालय सहयोगीले १० हजार रुपैयाँ जनही मासिक तलब प्राप्त गर्नेछन् । संघीय सरकारले आगामी आवको बजेटबाट लागु हुने गरी बाल शिक्षकको मासिक जनही २ हजार रुपैयाँ वृद्धि गर्ने भनेको छ । नगर परिषद्को अहिलेको निर्णय शंसोधन नभए र केन्द्र सरकारले वृद्धि गरेको रकम पठाएको अवस्थामा फुङलिङ नगरपालिकामा कार्यरत बाल शिक्षकले अब मासिक १४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चालू आर्थिक वर्ष सम्मको अवस्था हेर्दा संघ सरकारले वृद्धि गरेको मासिक २ हजार सहित बाल शिक्षकले मासिक १७ हजार रुपैयाँ पाउनुपर्ने अवस्था रहन्थ्यो । नागरिक दैनिकबाट
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP