Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
विश्व
  • Home
  • विश्व
  • पत्रकार महासंघ कतार शाखाको १६औँ स्थापना दिवस कार्यक्रम सम्पन्न
पत्रकार महासंघ कतार शाखाको १६औँ स्थापना दिवस कार्यक्रम सम्पन्न
आइतबार, जेठ १, २०७९
IMG-20220513-WA0243
Ncell
Hardik health
दोहा– कतार नेपाल पत्रकार महासंघ कतार शाखाले १६ औं स्थापना दिवस तथा मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ‘इद उल फित्र’ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । “शान्ति र लोकतन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता ” भन्ने मूल नाराका साथ इश्वी सन् : २००६ मा स्थापना गरिएको महासंघ, कतार शाखाले आफ्नो १६ औं स्थापना दिवस तथा ‘ईद उल फित्र’ को शुभकामना समारोह दोहाको नज्मा स्थित सालिमार रेस्टुरेन्टको सभाहलमा भब्य अतिथिहरूको उपस्थितिको बीच सम्पन्न गरेको हो । महासंघ कतार शाखाको स्थापना दिवस हरेक वर्ष मे महिनाको ११ तारीक पर्ने भएपनि यसपाली, सबैको छुट्टी हुने दिन १३ तारिख शुक्रवार बिदाको अवसर पारेर सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रविण भट्टराई रहेका थिए । आफ्नो सम्बोधनको क्रममा प्रमुख अतिथि भट्टराईले दोहाबाट विभिन्न विधामा कलम चलाउने पत्रकारहरू सभामा सम्मानित भएकोमा खुशी ब्यक्त गरे । राज्यबाट थुप्रैचोटि आफू सम्मानित भएपनि ४ बर्षको कतार बसाईको क्रममा पहिलो पटक महासंघ कतारबाट सम्मानित भएकोमा आभार गरे । प्रवासमा रहेर गरिने पत्रकारिताको जटिलता ,विश्वशनियता र भोलीको दिनमा निम्ताउने अप्ठ्यारा परिस्थितीहरू सँग जुद्धै कलम चलाउनु बाध्यता भएको भन्दै समचार लेखनमा सत्यता, निष्पक्षता हुनुपर्नेमा भट्टराईले जोड दिए । वार्षिक उत्सवको अवसरमा आयोजक संघका उपाध्यक्ष दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । नेपाल पत्रकार महासंघ कतार शाखाको औचित्य तथा महत्वका बारेमा शाखाका अनुशासन विभाग संयोजक दिप जंग शाह र कतार शाखाको बारेमा संक्षिप्त जानकारी तथा सामुदायिक पत्रकारिताको बारेमा सस्थापक सदस्य एबं सल्लहाकार क्रान्ति सिंहले बताएका थिए ।   शुभकामना मन्तव्यहरूको बीचमा एक मात्र साहित्यिक रचना वाचन राखिँदा कार्यसमिति सदस्य तथा पार्षद संयोजक खेमराज सुवेदीले पत्रकारहरूका समसामयिक समस्याहरूलाई समेटेर तयार पारेको आफ्नै छन्दात्मक ‘पत्रकार’ शीर्षकको कविता वाचन गरेका थिए।   गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् ‍(एनआरएनए) का उपाध्यक्ष आर के शर्मा, उपाध्यक्ष नरेन्द्र भाट, यूवा उपाध्यक्ष राज रेग्मी, मध्यपूर्व उप–संयोजक अब्दुल वासिद,नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता पौडेल भण्डारी, महासंघ कतार शाखा पुर्व सचिब महमद्द अजिज अलि लगायतले उक्त कार्यक्रममा शुभकामना ब्यक्त गरेका थिए । मधेशी समाजिक अभियानता मनिष यादव महासंघ कतार शाखाका प्रमुख सल्लाहाकार तिर्थ संगम राई,संस्थापक सदस्य सरोज बास्तोला सल्लाहकार सिताराम थापा, राम प्रसाद पराजुली लगायतको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रममा नेपाली राजदूतावासका द्वितीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि प्रवीण भट्टराई, संस्थापक सदस्य एवं सल्लाहाकार क्रान्ति सिंह, संस्थापक सदस्य सरोज बास्तोला र पत्रकार तथा (सामाजिक ब्यक्तित्व) रमेश ढकाल सम्मानित भएका थिए ।भने दिप जङ्ग साह,सन्तोष केसि लाई प्रोत्साहन पत्र प्रदान गरिएको थियो   नेपाल पत्रकार महासंघ कतार शाखाको १६ औं स्थापना दिवसको अवसरमा महासंघको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित भएर सफल तुल्याईदिने सम्पूर्ण संघ संस्था तथा सामाजिक अभियन्ताहरू प्रति कार्यक्रमका सभापति करिमा बक्स मियाँले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।   साथै कतार शाखाले पित पत्रकारीता नगर्ने गरेको, कतार जस्तो देशमा बसेर सामुदायिक, तथा प्यासन पत्रकारिता गर्ने पत्रकारहरूलाई समेटेर गुणात्मक तरिकाले समचार हरू लेखिने गरेको बताए । महासंघ कतार शाखा अरू संस्थाभन्दा छुट्टै रहेको बताउँदै मियांले भाषण भन्दापनि आफ्नो उदेश्य प्राप्तिमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार माहासंघ कतार शाखाका सचिव अर्जुन पौडेलले गरेका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ शुक्रबार, भदौ २६, २०८३
स्विट्जरल्यान्डमा बस दुर्घटना
स्विट्जरल्यान्डमा बस दुर्घटना शुक्रबार, भदौ २६, २०८३
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन शुक्रबार, भदौ २६, २०८३
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता बिहीबार, भदौ २५, २०८३
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा बुधबार, भदौ २४, २०८३
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द बुधबार, भदौ २४, २०८३
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ बुधबार, भदौ २४, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP