Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २०, २०७९
Ncell
Hardik health
काठमाडाैं - प्रविधि नियन्त्रित मिडिया नारा (Journalism Under Digital Siege) सहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । नामिबियामा संसारका सबै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाईउत्साहित र उत्प्रेरित गर्न घोषणापत्र जारी गरि मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइएकाे हाे ।
संसारभर मे ३लाई प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ । प्रत्येक वर्ष फरक फरक नाराका साथ यो दिवस मनाउने क्रममा योपटक ‘प्रविधि नियन्त्रित मिडिया -Journalism Under Digital Siege ’ भन्ने नारा तय गरिएको छ ।
सन् १९९१ मा नामिबियाको विण्डहकमा भएको एउटा महत्वपूर्ण सम्मेलनले सधै  संसारका सबै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई उत्साहित र उत्प्रेरित गर्ने गरी एउटा घोषणापत्र जारी गर्‍यो । त्यो दिन अंगजी क्यालेण्डर अनुसारको मे ३ तारिक थियो  ।
वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा तयार पारिएको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो । त्यही घोषणापत्र जारी भएको दिन अर्थात मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइन थालिएको हो ।
 प्रेस स्वतन्त्रताका पक्षमा लडाई लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तरक्रियाहरू गर्ने गरिन्छ ।
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एबं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ ।
नेपालमा पनि पत्रकार महासंघको आयोजनामा आज देशभर यस्ता चर्चा परिचर्चाहरु हुँदैछन् । काठमाडौंमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्दागर्दै मृत्युवरण गर्न पुगेका पत्रकारहरुको स्मरणमा बनाइएको स्मारकमा माल्यार्पण गर्दै वर्षभरिको प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षा गर्दै अब कसरी अगाडि बढ्ने भन्ने बारेमा निष्कर्षको खोजी गर्ने गरी कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्न सकिने अवस्था छैन । भौतिक हमला र पेशागत असुरक्षा दुबैले पत्रकारहरुलाई त्रासमा राखेको अवस्था छ ।
नेपाल पत्रकार महासंघ सञ्चारको तथ्यांकका अनुसार
यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएका छन् भने प्रेस स्वतन्त्रता हननका ७५ वटा घटनाहरु भएको देखिन्छ ।  १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६वटा हननका घटना भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने यसपटक हननका घटनाहरु भएको पाइएको छैन ।
प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुुँदा २७२ जना सञ्चारकर्मी र ९ सञ्चारगृह पीडित भएका छन् । २७२ मध्य ३३ जना महिलाहरु पीडित भएका छन् ।प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा भएको देखिएकाे छ । पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरूअघिल्लो वर्षमा ४५ वटा थिए भने ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र ३ वटा संचारसंस्था पीडित बनेका थिए । ५ सय ८४ पत्रकारमध्य ७७ पत्रकारहरू महिला रहेका छन् ।
पत्रकार महासंघको अभिलेखअनुसार यो वर्ष ३ जना पत्रकार गिरफ्तारीमा परेका छन्। आक्रमण, दुव्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन् । त्यस्तै पेशागत असुरक्षाको मार ३१ जना पत्रकारले खेपेका छन्  ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै मंगलबार, असोज ६, २०८३
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल सोमबार, असोज ५, २०८३
आजको खबर
आजको खबर सोमबार, असोज ५, २०८३
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असोज ५, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP