Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
विविध
  • Home
  • विविध
  • सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल
सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १९, २०७९
health-ministry-768x495
Ncell
Hardik health
काठमाडौ‌ं -  सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ । मन्त्रालयले हाल रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्ने दिनेगरी मस्यौदा तयारी थालिएको हो । “अहिले सरकारी अस्पताल भएका ठाउँमा निजी छन् । निजी भएका ठाउँमा सरकारी पनि छन्”, उनले भने, “रणनीतिमा अब हामीले निजी अस्पताल खोल्दा सरकारी अस्पताल नभएको ठाउँमा मात्रै खोल्ने गरी व्यवस्था गर्दैछौँ ।” उनले यसरी निजी अस्पतालले सरकारी अस्पताल नभएको ठाउँमा खोल्दा कर छुट दिने तथा सहुलियतसमेत दिइने बताए । मन्त्रालयले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्यसहित रणनीति तयार गर्दैछ । स्वास्थ्य रणनीति तयार गर्न विभिन्न विज्ञ, सङ्घसङ्स्था र सेवाग्राहीसँग सुझाव सङ्कलन गरिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यका साथ रणनीति तयार पारिरहेको पौडेलले बताउनुभयो । उहाँका अनुसार हाल रणनीतिको मस्यौदा तयारी भइरहेको हो । आगामी साउनदेखि लागू हुनेगरी मस्यौदा बनाइरहेको उनको भनाइ छ । “अहिले हामी सुझाव सङ्कलनको चरणमा रहेका छौँ”, पौडेलले भने, “पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य तथा शिक्षा समितिमा पनि रणनीतिकाबारेमा छलफल गर्नेछौँ ।” यस्तै संघीय संरचनाअनुरुप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाइने, स्वास्थ्य क्षेत्रको उपयोग गर्दा नागरिकमा पर्ने खर्च जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समातामूलक र सहज पहुँच सुनिश्चित गर्ने, जनसङ्ख्या, बसाइँसराइ र बढ्दो शहरीकरण व्यवस्थापन गर्ने रणनीतिका उद्देश्य रहेका छन् । यस्तै महामारीभन्दा पनि अहिले नसर्ने रोग बढिरहेकाले रणनीतिमा नसर्ने रोगको रोकथाम र नियन्त्रणमा ध्यान दिइएको महाशाखाका प्रमुख डा पौडेलले बताए । उनले रणनीतिमा स्वास्थ्यमा लगानी बढाइ गुणस्तर स्वास्थ्य सबैको पहुँचमा पुर्‌‌‌‌‌‌‌‌याउने आवश्यकतासमेत रहेको बताए । “जनसङ्ख्यामा ज्येष्ठ नागरिकको बढ्दो अनुपात र कोभिड–१९ जस्ता अप्रत्याशित महामारी तथा स्वास्थ्य आपत्कालीन अवस्थाबाट सिर्जित स्वास्थ्य समस्यालाई पनि रणनीतिमा सम्बोधन गर्न स्वास्थ्यमा थप लगानीको आवश्यकता रहेको छ”, उनले बताए । रणनीतिमा जनशक्तिको प्रक्षेपणअनुसार उत्पादन, स्वास्थ्य दक्ष जनशक्तिको परिचालन, स्वास्थ्य अनुशासन र पर्याप्त आर्थिक लगानीको सुनिश्चिता उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले नागरिकको स्वास्थ्यको गुणस्तर कसरी बनाउने भन्ने रणनीतिमा उल्लेख गरिएको बताउनुभयो । रणनीतिले सबै नागरिकको स्वास्थ्य सेवाको गुणस्तर ल्याउने बताए।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप विविध
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो आइतबार, भदौ २१, २०८३
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव शुक्रबार, साउन १५, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP