Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीय निर्वाचनमा युवाको सहभागिता अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्थानीय निर्वाचनमा युवाको सहभागिता अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १५, २०७९
DSC_0763
Hardik health
कठमाडौं - स्थानीय तहको निर्वाचनमा युवाको सहभागिताका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको अनामनगरमा भएको युनियन हाउसमा बिहीबार राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपाल (एएनएफवाइ)ले युएनडिपिको सहकार्यमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा युवा सहभागिताका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । यही वैशाख ३० गते चौथो पटक स्थानीय तहको निर्वाचनमा मुलुक जुटिरहेको अवस्थामा एएनएफवाइले विगतको निर्वाचन र हालको हुने निर्वाचनमा केकस्ता कार्यक्रम हुँदै छन् भन्नेबारे युवा वर्गको जिज्ञासालाई मेटाउन निवार्चन आयोगका उपसचिव एवम् सूचना अधिकारी र सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालको प्रस्तुतिमा कार्यक्रम सञ्चालन गरेको छ । स्थानिय निर्वाचनबाट स्थानिय सरकार ,सेवा र स्थानीय विकासका लागि चुनाव गर्ने गरिन्छ । तसर्थ निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र निर्वाचन कार्यक्रमका बारेमा प्रस्तुति दिएका थिए । उनले विशेष त भोटर शिक्षा ,सुसुचित मतदातन तयार पार्ने र बदर मत कसरी न्युन गर्न सकिन्छ भन्ने बारेमा प्रष्टाए । उनले यस निर्वाचनमा वैशाख २९ गतेसम्ममा १८ वर्ष पूरा हुनेलाई मतदान दिन अनुमति दिएको बताए । जसले गर्दा मतदाताको संख्यामा पौने दुई लाख जति थप भएको उनले बताए । २०४९ सालदेखि नै १८ वर्ष उमेर पुगेकालाई मताधिकारको प्रयोग गर्न दिइएको थियो । त्यो भन्दा अगाडि २१ वर्ष उमेर पुगेकाले मात्र मतदान गर्न पाएका थिए । भोटलाई कसरी वदर हुनेबाट रोक्ने भन्नेबारेमा पनि प्रवत्ता अर्यालले मतपत्रका बारेमा बताएका छन् । यस निर्वाचनमा एक खण्डे मतपत्र ३६ जिल्लाका लागि छपाइएको छ भने दुई खण्डे मतपत्र ४१ जिल्लाका लागि २८ लहरको मतपत्र छपाएको उनले बताए । यसैगरी ५६ लहरको मतपत्र ४१ जिल्लाका लागि आयोगले छापेको बताए । महानगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख, वडाध्यक्ष ,वडा सदस्य उम्मेदवारहरु वा जनप्रतिनिधिहरु निर्वाचनमा कसरी चुनिन्छन् सोको बारेमा उपस्थित युवाहरुलाई बताए । वैशाख ३०मा हुन स्थानिय निर्वाचनमा जम्मा ३५ हजार २२१ जना जनप्रतिनिधिहरु चुनिन्दैछन् । उनका अनुसार निर्वाचनका सम्पूर्ण गतिविधिहरूलाई आम जनताको सहज पहुँचसम्म पुर्याउन निर्वाचन आयोग अन्तर्गत ७ वटा प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहेका छन् । निर्वाचनका सम्पूर्ण गतिविधिहरूलाई जनताको पहुँचसम्म पु्र्याउन निर्वाचन आयोगअन्तर्गत ७० वटा जिल्ला निर्वाचन कार्यालय रहेका छन् । यसैगरी स्थानिय निर्वाचनमा कसरी युवा वर्गले आममानिसलाई भोट हाल्न र त्यस भोटले समाजमा के कस्ता सुशासन बन्न सक्लान् भन्ने बारेमा उनले बताए । उपस्थित युवा जमातले असन्तुष्ट हुँदै निर्वाचन क्षेत्र सुविधायुक्त नभएको प्रश्नमा प्रवक्ता अर्यालले अपागंमैत्री बनाउने ,स्तनपान कक्ष बनाउने,शौचालय,निर्वाचन पोष्टर एवम् इन्टरनेटको व्यवस्था गर्ने उनले बताए । कार्यक्रममा युवाह?ले निवार्चनका बेलामा आफू प्रयोग भइएको बारेमा पनि प्रश्न उठाएका थिए । अपागंमैत्री निर्वाचन क्षेत्र कहिले बन्ने ? स्थानीय निर्वाचनमा भोट हाल्न शहरमा बसेका युवा कसरी निर्वाचन स्थानमा पुग्ने ,राज्यले यसको बारेमा के कस्तो सुविधा उपलब्ध गराउने ? विदेशमा बसेका तीस चालिस लाख युवाले कसरी नेपालमा भोट हाल्न सक्ने ?यहाँ भएका सम्पूणै युवाहरुलाई निर्वाचनमा कसरी भोट हाल्ने व्यवस्था मिलाउन सकिन्छ ? जस्ता प्रश्नहरुमा छलफल गरिएको थियो । एएनएफवाइका कमल सुवेदीले निर्वाचनका बारेमा हाल युवा वर्गले विचारविमर्श लिन जरुरी रहेको बताए । कार्यक्रममा उठेका विभिन्न प्रश्नलाई सरकारका निकायमाझमा पुर्‍याउने उनले प्रतिबद्धता व्यक्त गरे । यस्ता अन्तरक्रिया कार्यक्रमहरु निर्वाचन अगाडि मात्र नभई अन्य समयमा पनि गर्न युवाहरुले सुझाव दिए । सो कार्यक्रममा विभिन्न निकायका व्यत्तित्व, विद्यार्थी,कानुनी निकायका प्रतिनिधि,सञ्चारकर्मी,संघसंस्थाहरुबाट बाक्लो उपस्थिति रहेको थियो ।    
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  २०:०३
#स्थानीय_तह_निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक
निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक बुधबार, माघ ७, २०८२
पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
लुम्बिनी  प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन् बुधबार, माघ ७, २०८२
चर्कियो इरान-अमेरिका तनाव
चर्कियो इरान-अमेरिका तनाव बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचन : कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता बुधबार, माघ ७, २०८२
केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन
केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP