Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • खुसी छैनन् मतदाता
खुसी छैनन् मतदाता
सोमबार, वैशाख १२, २०७९
Hardik health
  काठमाडौं — स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीका विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरूमा केन्द्रित गर्न थालेका छन् । हिजो (११ गते) आइतबार मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरू आजदेखि भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन् । कतिपय राजनीतिक दलले बाजागाजा र कार्यकर्ताहरूसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिरहेका छन् । मध्य वैशाखको समय ग्रामीण भेगका मतदाताहरूलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामकै चटारो छ । गाउँमै आयोजित चुनावी सभाहरूमा मतदाताहरू अपेक्षा गरे अनुसार नआएपछि विभिन्न पार्टीका उम्मेदवारहरू मतदातासँग भेटघाट गर्न र भोट माग्ने खेतबारीमै पुग्न थालेका छन् । आइतबार तीनवटा स्थानीय तहमा नेपाली कांग्रेसले बाहेक अन्य दलले मनोनयन दर्ता गर्न सकेनन् । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका अनुसार पहिलो दिन हिजो कांग्रेसले मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पूरै प्यानलसहित उम्मेदवारी दर्ता गरायो । आइतबार रघुगंगा, मालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवारबाट मनोनयन दर्ता भए बाहेक अन्य पालिकामा मुख्य पदमा उम्मेदवारी खासै पर्न सकेन । कांग्रेसले मालिका, रघुगंगा, अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्षसहित अन्य पदमा उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ता गराएका दलका उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका छन् । यहाँका किसानलाई धानको बिऊ राख्ने, मकै गोड्ने, गहुँ थन्काउने लगायत कामको चटारो छ । नेताहरूलाई वैशाख ३० गते हुने स्थानीय निर्वाचन कसरी आफ्नो पोल्टामा पार्ने भन्ने चिन्ता छ । तर किसानलाई भने चुनावले छोएको देखिएको छैन । खेती सम्हाल्न मै व्यस्त रहेका यी किसान आफूहरूको पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना राख्छन् । जौ, गहुँ थन्काउने, धानको बिऊ राख्ने, आलु लगाउने, मल हाल्ने, तरकारी खेती लगाउने जस्ता काममा यतिबेला कृषकहरू व्यस्त छन् । मालिका गाउँपालिका–५ देवीस्थानका टेकबहादुर बूढालाई वैशाख ३० को निर्वाचनमा कसलाई मत दिनेभन्दा पनि खेतीपाती लगाउने र स्याहार्ने कामकै चिन्ता छ । उनी भन्छन्, ‘जसले जिते पनि गाउँको विकास गर्ने होइनन् । कुर्सी हात पार्न होडबाजी गरेर अनेक नारा बोकेर चुनावका बेला गाउँ आउँछन् । हामी त किसानी मान्छे आफ्नो काम गर्यो, बस्यो ।’ ‘पार्टीका उम्मेदवार घरदैलोमा आई भोट माग्छन्, एउटाले जित्छ तर वर्ष दिनसम्म खाने खेती गर्न छाडेर निर्वाचनमै अल्मलिए हामीसँग साँझ बिहान हातमुख जोर्ने उपाय हुन्न,’ बेनी नगरपालिका–२ का टेकबहादुर कार्कीले भने । मंगला गाउँपालिका–४ की राधिका सापकोटा पनि आफ्नो गाउँमा राजनीतिक दलले निर्वाचनलाई लक्ष्य गरी आयोजना गरेका बैठकहरूलाई छाडेर मेलापात मै व्यस्त छिन् । पुरानै उम्मेदवार, पुरानै योजना, पुरानै नेता भएका कारण यस पटकको निर्वाचनमा कुनै नौलोपना नपाइएको उनको भनाइ छ । बेनी नगरपालिका–५ पुरण्य गाउँमा पिउने पानी र विद्युत् विस्तार गर्ने मुद्दा २०७४ कै निर्वाचनमा उठाइए पनि समस्या जस्ताको तस्तै छ । ‘पहिलेका चुनाव अघि गरेका प्रतिबद्धता जनप्रतिनिधिले सबै बिर्सिए,’ स्थानीय तुलबहादुर परियारले भने, ‘बेनी नगरपालिकाभित्र पनि सहज रूपमा पानी पाइँदैन । गाउँमा बिजुली बाल्न पाइएको छैन । छोरानातिलाई पढाउन सहज छैन । यस्ता समस्या भोग्दै बस्नुपरेको छ भने अब पनि हामीले किन भोट दिने रु सबै नेता त्यस्तै हुन् ।’ राजनीति गर्ने नेताले प्रत्येक निर्वाचनमा जनतालाई ढाँट्ने मात्रै काम गरिआएकाले राजनीतिभन्दा खेतीकै चिन्ता बढी लिनु श्रेयस्कर भएको यहाँका मतदाताहरूको भनाइ रहेको छ । दैनिक ज्याला मजदुरीमा गुजारा चलाउने यहाँका मतदातालाई पनि निर्वाचनप्रति खासै उत्साह छैन । तर म्याग्दीको बेनी नगरपालिका–२ का डोलेन्द्र शर्मालाई कामको चटारो भए पनि छिटो काम सकेर दलहरूका चुनावी कार्यक्रममा जाने, कुरा सुन्ने र असल नेता छान्ने धोको छ । विगतका निर्वाचनहरूमा वैदेशिक रोजगारीमा रहेका कारण मतदान गर्न नपाएका शर्माले यस पटक भने जुनसुकै राजनीतिक दलको भए पनि असल उम्मेदवारलाई मत खसालेर चुन्ने अवसर नगुमाउने अठोट व्यक्त गरे । ‘उम्मेदवारलाई भोट माग्न मतदाताको घरदैलो पुग्न हतारो छ,’ उनले भने, ‘हामीलाई भने नयाँ बाली लगाउने र लगाएको बाली थन्क्याउने चटारो छ ।’ निर्वाचन नजिकिए पनि जिल्लाका कतिपय युवा वैदेशिक रोजगारीमा जान गाउँ छोडेर राजधानीतिर हिँडिरहेका छन् । शिरमा कालो छाते टोपी र हातमा हरियो रङ्गको झोला बोकेका ४१ वर्षीय तीर्थबहादुर विक आइतबार बिहान बेनीको कालीपुल वसपार्कमा भेटिए । युएई हिँडेका उनको निधारमा बिदाइको रातो अच्छेता देखिए पनि निर्वाचनकै मुखमा देश छाड्नु परेकाले होला अनुहार मलिन छ । जिल्लाको धवलागिरि गाउँपालिका–४ का विकले आसन्न निर्वाचनमा मतदान गर्ने चाहना हुँदाहुदै पनि रोजगारीको बाध्यताले विदेशिन बाध्य भएको दुःखेसो पोखे । विगत पाँच वर्षदेखि युएईमा रोजगारी गरेर परिवारको खर्च धान्दै आएका विक डेढ महिनाका लागि बिदामा घर आएका हुन् । विकजस्तै दैनिक सयौँ मताधिकार भएका नेपाली निर्वाचनको पर्वाह नगरी कालीपुल बसपार्कबाट बस चढी विदेश उड्न काठमाडौं पसिरहेका छन् । ‘डेढ महिनाको बिदा लिएर घर आएको थिएँ,’ विकले भने, ‘भोट हाल्नका लागि पर्खेर बसे उता जागिर नै रहन्न ।’ यसअघिका निर्वाचनसम्म आफूले मताधिकार प्रयोग गरेको जानकारी दिने उनले आसन्न निर्वाचनमा भने आफ्ना परिवारले मतदान गर्ने बताए । गाउँको विकास र रोजगारी सिर्जना गर्ने नेतालाई मात्रै मतदान गर्नू भनेर परिवारलाई सल्लाह दिएर आएको विक बताउँछन् । ‘यतिका चुनावमा मतदान गरिसकें, केही उन्नति भएजसो लागेन,’ उनले भने । मुलुकमा नयाँ शासन व्यवस्था आए पनि बेरोजगार युवाको विषयमा सरकार गम्भीर नभएको उनको ठम्याइ छ । ‘चुनाव जित्ने नेताका व्यवस्था फेरिए होलान्, हाम्रो त अवस्था जस्ताको तस्तै छ,’ निराश भावमा विकले भने ।  
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP