Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • दरबारबाट प्रधानमन्त्रीले खाेप शुभारम्भ गरे
दरबारबाट प्रधानमन्त्रीले खाेप शुभारम्भ गरे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २४, २०७८
SNF-9709
Ncell
Hardik health
काठमाडौं - शुक्रबारदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियान दरबार हाइस्कुलबाट प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् । बिहीबार रानीपोखरीस्थित दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देशैभर चैत २५ देखि  २०७० साल वैशाख १८ गतेसम्म टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपको शुभारम्भ गरेका हुन् । नेपाल सरकारले आजदेखि गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा साे खोपकाे सुरुवात गरेको छ । यस खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा उद्देश्य लिएको छ । साथै वृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत पुग्ने बताइएकाे छ । सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । उनले यस अभियानबाट करिब७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गरे । टाइफाइडबाट अधिक प्रभावित मुलुकहरुको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउने गर्छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्न सफल नेपाल चौथो मुलुक हो । ग्लोबल बर्डन अफ डिसिजेज अनालिसिस २०१९ का अनुसार नेपालमा कम्तिमा ८२ हजार ४ सय ४९ टाइफाइडका बिरामीहरु रहेको अनुमान गरेको छ, जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका रहेका छन् । सोही अध्ययनमा ९१९ जनाको मृत्यु भएको आँकलन गरिएको छ ।  

‘धरानलगायत कतिपय सहरमा फोहर प्रशोधन प्लान्ट निर्माण गरी ऊर्जा उत्पादन गरिएको र त्यस ऊर्जाबाट सवारीसाधनसमेत सञ्चालन गरिएका छन् । आफ्नै लगानीमा गर्न सकिने यस्ता प्रविधितर्फ लाग्न खोजेमा सरकारले पनि आवश्यक सहयोग गर्नेछ ' प्रधानमन्त्री देउवाले बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड रोग नियन्त्रणमा नेपालले विश्वमै उदाहरणीय सफलता हाँसिल गर्न सकेको उल्लेख गर्दै दक्षिण एसियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले विश्वमा हालसम्म १६ प्रकारका खोपको उत्पादन भएको र तीमध्ये धेरै खोपको प्रयोग गर्न कमै मात्र देशले सकेको अवस्थामा नेपालले १३ प्रकारका खोप सञ्चालनमा ल्याउन सकेको उल्लेख गरे । वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले कोभिडविरुद्धको खोप अभियानमा वाग्मती प्रदेशले पहिलो सफलता हासिल गरेजस्तै टाइफाइड रोगविरुद्धको खोप अभियानलाई पनि सफल बनाउने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा रामपार्थ बिछाले वर्तमान सरकारले चैत मसान्तसम्ममा आम जनतालाई कोरोनाविरुद्धको खोप दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेअनुसार सफलता हासिल भएको उल्लेख गर्दै १० वर्षको अनुसन्धानबाट प्रयोगमा ल्याइएको टाइफाइडविरुद्धको खोप निकै प्रभावकारी रहेको बताए । मन्त्रालयका सचिव डा राजेश पोखरेलले टाइफाइड खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको बताउँदै देशभरका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दिइने यस खोप अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गरे । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले टाइफाइड रोगविरुद्धको खोप अभियानबाट कोही पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले विद्यालय र खोप केन्द्र गरी ६०० स्थान तोकिएको र यसमा स्थानीय निकाय, महिला स्वयंसेविकासँग समन्वय गरिएको बताउँदै केही दिनदेखि काठमाडौँको फोहर उठ्न नसकेकाले सरकारले आवश्यक समन्वय गरिदिन आग्रह गरे । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रूपमा लिइएको छ  । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सक्ने विश्वास गरिएको छ ।नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ ।
(फाेटाे - अनुप प्रधान)

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो आइतबार, भदौ २१, २०८३
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव शुक्रबार, साउन १५, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP