Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • बाबुछोरीसँगै साफ च्याम्पियन्समा...
बाबुछोरीसँगै साफ च्याम्पियन्समा...
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २४, २०७८
Bishnu chaudhary
Hardik health
भजनी – नेपालको वातावरण अनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले यसलाई निकै लोकप्रिय खेल मानिन्छ । नेपालको राष्ट्रिय खेलको रूपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो । केही वर्ष पहिले भलिबलभन्दा अरु खेल देख्न पनि निकै कम पाइन्थ्यो । स्थानीय क्षेत्रबाटै भलिबल खेल्न सुरु गरेका विष्णुप्रसाद चौधरीको खेल जीवन निकै रोचक छ । भलिबललाई नजिकबाट नियालेका कैलारी गाउँपालिका–७ का चौधरीसँग २० वर्ष राष्ट्रिय भलिबल खेलाडीको रूपमा काम गरेको अनुभव छ । विद्यालय पढ्दै गर्दा खेल क्षेत्रमा लाग्नुभएका विष्णुको सरकारी जागिरले पनि खेल खेल्ने सपनालाई मार्न सकेन । उनले स्थानीय क्षेत्रमा भलिबल खेलमा उत्कृष्ट भएकै कारण राष्ट्रिय रूपमा आङ्खनौ छुट्टै पहिचान बनाउन सफल भए । विसं २०४२ देखि राष्ट्रिय भलिबल टिममा रहेका विष्णुले २० वर्षसम्म राष्ट्रिय भलिबल टिममा रहेर खेले । नेपाल विद्युत् प्राधिकरणमा जागिर हुँदा पनि उहाँले जागिरकै कारणले कुनै खेल छुटाउनु परेन । ‘मैले भलिबल खेललाई नजिकबाट नियालेको छु । खेलकुदभन्दा ठूलो कुरा मेरा लागि जीवनमा केही पनि हुन सकेन । जागिर पनि यस्तो पाएँ, जति बाहिर हुँदा पनि कुनै अप्ठ्यारो महसुस नै नहुने’, उनले भने, ‘प्राधिकरणभित्रबाट पनि हामीले खेल्ने अवसर पाउने भएकाले मलाई अझै सहज भएको थियो । त्यसैले पनि मेरो खेलप्रतिको लगाव कहिल्यै कम भएन ।’ राष्ट्रिय भलिबल टिममा रहँदै विष्णुको छोरीले पनि महिला तर्फको राष्ट्रिय भलिबल टिममा अवसर प्राप्त गरे । अचम्मको कुरा त के छ भने, विष्णुका तीन छोरी र एक छोरा खेल क्षेत्रमै छन् । त्यो पनि भलिबल मै । साफ चेम्पेन्सिममा दुई पटक बुबा र जेठी छोरी नेबिका चौधरीलेसँगै सहभागिताको अवसर पाए । विष्णुकी जेठी छोरी नेविका र सङ्गिता चौधरी भलिबलको राष्ट्रिय महिला टिममा छन् । नेबिका अहिले पारिवारिक समस्याका कारण घरमा आराम गर्दै आएको बताउँदै विष्णुको माइली छोरी भने अहिले पनि महिला राष्ट्रिय टिमबाट भलिबल खेल्दै आएको विष्णुको भनाइ छ । ‘नेविका र मैले दुईपटकसँगै साफ च्याम्पिन्ससिपमा सहभागी भएका थियौं । म पुरुषबाट थिए भने छोरी महिला टिमबाट’, उनले भने, ‘त्यो अवसर सम्भव कसैलाई पनि जुर्दैन होला । जुन मलाई जुर्यो ।’ विष्णुका छोराले पनि प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेल्ने अवसर पाएका छन् । अहिले पनि उनका छोरा आरिष चौधरी प्रदेश टिममा सहभागी छन् । विष्णुकी कान्छी छोरी बक्सिङमा राम्रो भए पनि परिवारका अन्य सदस्य भलिबल क्षेत्रमै भएका कारण उनले पनि बक्सिङ खेल छोडेर भलिबलमै केन्द्रित भएको विष्णुले बताए । कान्छी छोरीले बक्सिङमा राष्ट्रियस्तरको प्रतियोगितामासम्म खेलेका छन् । गाउँपालिकामा अहिले भलिबल प्रशिक्षण केन्द्र खोलेर युवालाई भलिबल सिकाउँदै आएका चौधरीले यो खेलका लागि आङ्खनो क्षमताले भ्याएसम्म लागिरहने बताए । आङ्खनो खेलप्रतिको लगावले छोराछोरीलाई पनि खेल क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै विष्णुले खेलाडीको भविष्य भने अझै सुनिश्चित् हुन नसकेको बताए । ‘खेलाडी उत्पादन नभएको भने होइन । नेपालमा पनि थुप्रै खेलाडी उत्पादन भएका छन्’, उनले भने, ‘खेलाडीको संरक्षण भने हुनसकेको छैन । जसका कारण खेलाडीको सुनिश्चितता हुनसकेको छैन ।’ स्थानीय सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको भन्दै विष्णुले खेलाडी उत्पादनको मुख्य आधार नै स्थानीय सरकार भएको बताए । उनले नेपालमा पुरुष भलिबल टिमभन्दा पनि महिला भलिबल टिमसँग बढी सम्भावना देखिएको बताए । पुरुष भलिबल टिमको प्रशिक्षणमा पनि निकै कमजोरी रहेको उनको भनाइ छ । ‘पुरुष भलिबल टिम पनि कमजोर छ भन्न मिल्दैन तर उहाँहरूले प्रशिक्षण राम्रो पाइरहेको अवस्था छैन’, उनले भने, ‘वर्षभरि बन्द प्रशिक्षणमा राष्ट्रिय टिमलाई राख्न सक्नुपर्छ । प्रतियोगिता हुँदा मात्रै प्रशिक्षण बोलाएर खेलाडी खेलमा पोख्त हुनसक्दैन ।’ अहिले विष्णु राष्ट्रिय रेफ्रीको भूमिकामा छन् । सुदूरपश्चिममा हुने अधिकांश भलिबल खेलमा उनले मुख्य रेफ्रीको भूमिकासमेत निर्वाह गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP