काठमाडौं - साफ यु–१९ च्याम्पियनसिप अन्तर्गत 'समूह बी ' को अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४-० ले पराजित भएको छ । मंगलबार गोल्डेन जुब्ली स्टेडियम, युपियामा भएको खेलमा भारतले नेपाल विरुद्ध फराकिलो जित निकाल्दै समूह विजेता बन्दा नेपाल समूह उपविजेता बनेको हो ।
यसअघि नै दुवै टोलीले श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए । समूह विजेता बन्दाका लागि भएको प्रतिस्पर्धामा भारतले बाजी मारेको हो ।भारतले खेलको दुवै हाफमा दुई-दुई गोल गरेको थियो ।
भारतका लागि २७औं मिनेटमा रोहिन सिंहले दुई तथा ओमङ डोडुम र डानी मिथेईले एक-एक गोल गरे ।रोहितले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । डानीले ८४औं मिनेटमा गोल गरेपछि भारतले सहज जित हात पारेको हो ।
जितपछि समूह बी मा दुई खेलबाट ६ अंक जोडेर भारत अपराजित रह्यो । नेपाल एक जित र एक हारबाट दोस्रो हुँदै सेमिफाइनल पुगेको छ । नेपालले अब सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश साविक विजेता समेत हो ।