Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • दिलदार समाजसेवी दिला
दिलदार समाजसेवी दिला
admin123
admin123 आइतबार, पुस ८, २०७५
43500644_1104727773025302_9210939596886507520_n
Hardik health
बुवा मान बहादुर शाह र आमा देवा शाहको कोखबाट २०४० साल साउन ३ गते सल्यान जिल्लाको मालनेटामा जन्मिएकी दिला शाह बहुप्रतिभाशाली ब्यक्ति हुन् । सामान्य बुवा मान बहादुर शाह र आमा देवा शाहको कोखबाट २०४० साल साउन ३ गते सल्यान जिल्लाको मालनेटामा जन्मिएकी दिला शाह बहुप्रतिभाशाली ब्यक्ति हुन् । सामान्य परिवारमा हुर्किएकी शाह एक सफल उद्यमीको रुपमा परिचित छन् । आफन्तहरुको ब्यापारिक अनुभव, सफलता र प्ररेणाले २०६५ साल देखि नै ब्यापारिक क्षेत्रमा प्रवेश गरेकी शाह औद्योगिक क्षेत्र नेपालगन्जमा अवस्थित गणपति प्लाष्टिक इन्डष्ट्रिज कम्पनीकी प्रबन्धक हुन् । नेपालगन्जको धम्वोझीस्थित दाईको एकता ट्रेडर्स नामक पसलबाट सुरुवात भएको शाहको व्यापारिक क्षेत्र फराकिलो बन्दै गएको हो । मध्य तथा सुदूर पश्चिमाञ्चलको व्यापारिक दृष्टिकोणले फराकिलो क्षेत्र भएको नेपालगन्जलाई व्यापारिक केन्द्रबिन्दु बनाएकी शाहले आफ्नो व्यापारलाई नेपालगन्जमा मात्र सिमित राखिनन् । नेपालगञ्जबाट अन्य जिल्लाहरुमा समेत सामान सप्लाई गर्नुका साथै दाङ्ग, सल्यान, रुकुम लगायतका पहाडी क्षेत्रमा शाखा खोली व्यापारको दायरा फराकिलो बनाईन् । २०६७ सालमा रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा डि.डि. ब्रदर्श एण्ड अर्डर सप्लायर्स नामक हार्डवयर पसल दर्ता गरेपछि शाहको  बास्तविक ब्यपारिक लाइन सुरुवात भएको पाइन्छ । दुई छोराहरुको नामवाट खोलिएको उक्त पसलवाट रुकुम, जाजरकोट, डोल्पा लगायतका जिल्लाहरुमा थोक तथा फुटकर सामान सप्लाई गर्न शाह सफल भएकी छिन् । डि.डि. व्रदर्श एण्ड अर्डर सप्लायर्सबाट व्यापारिक क्षेत्रमा सफलता पाएकी उनको परिवारले डोल्पा जिल्लाको सिमानामा पनि उक्त पसलको शाखा खोली व्यापार गर्दै आएकी छिन् । व्यापारमा अनुभव संगाल्दै गएको उनको परिवारले दाङ्गमा स्थापना भएको पञ्चरत्न पाइप प्रोडक्सनमा समेत लगानी गरी सहकार्य गरेको छ । उनको भूमिका केवल व्यापारमा मात्र छैन । अन्य क्षेत्रमा पनि उक्तिकै सक्रिय शाहकै पहलमा रुकुमको आठविसकोटमा सूर्याेदय वचत तथा ऋण सहकारी संस्थाको समेत स्थापना भयो । जसले राम्रै सफलता प्राप्त गरेकोछ । सो सहकारीमा हाल १२ जनाले रोजगारी पाएका छन् । रुकुम आठबिसकोटमा व्यापारिक सम्बन्ध बिस्तारकै कारण शाहका श्रीमान दिनेश चन्द हाल आठविसकोट उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कार्यरत छन् । पहाडी क्षेत्रमा बसोवास गर्ने नागरिकहरुलाई सहजता होस् भन्ने उद्देश्यका साथ आफुले व्यवसाय सुरु गरेको शाहले बताइन् । डि.डि. व्रदर्श एण्ड अर्डर सप्लायर्सनै आफ्नो व्यवसायको सफलताको पहिलो खुड्किलो सम्झिने शाहले केही समय अघि मात्र साथीहरुसंगको सहकार्यमा नेपालगञ्जको औधोगिक क्षेत्रमा गणपति प्लाष्टिक इन्डष्ट्रिज नामक कम्पनीको स्थापना गरी संचालनमा ल्याएकी छिन् । अर्काको उत्पादनको ब्यापार गरी लामो अनुभव सम्हालेकी शाहले अव आफ्नै उत्पादनको अनुभब लिने सोचका साथ उक्त कम्पनी संचालनमा ल्याएको बताउँछिन् । जुनसुकै काममा पूर्णरुपमा मेहनत गर्ने शाहले नेपाली उत्पादनलाई सवैले माया गर्ने आशा बोकेकी छिन् । हाल शाहका सबै व्यवसाय तथा उद्योगतिर गरेर ४० बढीले जनाले रोजगारी पाएका छन् । शाह सफल उद्योगी मात्र नभई साहित्यकार तथा समाजसेवी समेत हुन् । सानै देखि साहित्यमा अभिरुचि राख्ने शाह साहित्यका माध्यमबाट आफ्ना खुशी तथा दुःखका पलहरुलाई सम्झिने गर्छिन् । साहित्यका विविध विधामा कलम चलाउन सक्ने शाहले सानै देखि आफ्नो डायरीमा दैनिकी, कविता, कथाजस्ता साहित्यिक सृजना गर्ने गर्थिन् । जव डायरीमा दुःख सखका कुराहरुलाई लेख्थें- मन हल्का हुन्थ्यो —शाहले आफ्नो बिगतको पल सम्झिदै भनिन् । स्कुल तथा कलेज पढ्दाको बखत कथा र कविता बाचन गरेर बिभिन्न पुरस्कार जित्न सफल शाहले साहित्य लेखनलाई जिवित राखेकी छिन् । साहित्य लेखनमा सक्रिय उनी अध्यनमा बिशेष रुचि राख्छिन् । शाहले वाल्यकालमा आफुले कोर्ने गरेका कथा, कविता, दैनिकीहरु हेर्दा अहिले पनि ती दिनहरुमा डुव्ने गरेको स्मरण गर्छिन् । बहुप्रतिभाकी धनी दिला शाह विभिन्न सामाजिक अभियान तथा संघ संस्थासंग पनि आबद्ध छिन् । नेपाल रेडक्रस सोसाइटीको सदस्य तथा स्वयंसेवक, बासको साधारण सदस्य भएर काम गरिरहेकी शाहले आफ्ना छोराहरुको प्रत्येक जन्मदिनमा काठमाण्डौंको माता तिर्थ वृद्धाश्रमलाई १२ हजार रकम सहित लत्ता, कपडा सहयोग गर्दै आएकी छिन् । आफ्नो र श्रीमानको जन्मदिन तथा बैबाहिक एनिभर्सरी जस्ता महत्वपूर्ण दिनहरुमा समेत अनुकूल पर्ने ठाउँमा सेवा गर्दै आएकी उनले रुकुमका आगलागी पिडित १२ घर परिवारलाई जस्तापाता सहयोग गर्नुका साथै विरामी असहायहरुलाई सहयोग गरी मानविय कार्य गर्दै आएकी छिन् । रगत नपाएर छट्पटाएका असहायहरुको ज्यान बचाउने उद्धेश्यका साथ प्रत्येक ३/३ महिनामा रक्तदान गर्दै आएकी शाहले एक बर्षअघिदेखि बासको समन्वयमा आफ्ना बुवा मान बहादुर शाह र मुवा देवा शाहको सम्मानमा मानदेवा परोपकारी अक्षयकोष स्थापना गरि मानवीय कार्यको थालनि गरेकी छिन् । धेरैले आफ्ना अभिभावकहरु मरेपछि सम्झिने चलन छ तर शाह भने मरेपछि गरिने सम्मान तथा माया खाली देखावटी मात्र भएको बताउँछिन् ।  वुवा, मुवा तथा आफन्तलाई यो धर्तीमा जिउंदो छँदानै सम्मान गर्नुपर्छ जस्तो लागेर अनाथ, असहाय, अति विपन्न, पढन, नपाएका वालवालिकाहरुलाई सहयोग गर्ने उद्धेश्यले वुवा र मुवाको सम्मानमा अक्षय कोषको स्थापना गरिएको शाह बताउँछिन् । अक्षय कोषबाट शाहको जन्मदिनको अवसर पारी पहिलो बर्ष एक जना जेहन्दार छात्रालाई पठन—पाठनका लागि आर्थिक सहयोग प्रदान गरिसकिएकोछ । सानो छँदा आफु पनि आर्थिक अभावमा बाँच्नु परेको स्मरण गर्दै समाजमा खान, लाउन नपाएका ब्यक्ति तथा घरपरिवारले आफ्नो जस्तो समस्या झेल्न नपरोस् भन्ने भावनाबाट अभिप्रेरित भएर अक्षय कोष स्थापना गरेको उनी बताउँछिन् । सानैदेखि आफूले अनुभव गरेको अभावको जीवनले गर्दा कसैको दुःख देख्न नसक्ने शाह गाउँ, समाज जहाँ भएपनि कोही भोको नाङ्गो बस्नु नपरोस् भन्ने चाहाना राख्छिन् । शाहले आफ्नो जीवनमा गरेको मानविय कार्यको स्मरण गर्दै बिगतको एउटा घटना यसरी सम्झिन्छिन्— एकपल्ट गाउँमा एकजना सुस्त मनस्थितिको बृद्ध मान्छे बसेका थिए । उनलाई देखेर सवैले घृणा तथा गाली गर्दा मलाई दया लागेर आउँथ्यो । एक दिन विहानै स्कूल जाँदै थिए । मकै वारीमा लडेको देखें, अनि दौडेर घर गएर दाईको कालो रङ्गको ज्याकेट थियो त्यही ल्याएर लगाइ दिएँ, दाईलाई भनेर राखेको रोटी पनि लगेर दिएँ । त्यस दिन देखि उनी त्यहिं कुरेर बस्न थाले, म आफुले नखाएर पनि खाने कुरा लगेर उनलाई दिन्थेँ । मलाई देख्ने वित्तिकै हात जोड्थे । कसैको आत्मालाई खुशी पार्दा आफ्नो आत्मा कति खुशी हुंदोरहेछ भन्ने कुरा त्यस घटनाबाट महसुस भयो । उक्त घटनाबाट समाजका लागि केही गर्नु पर्दछ भन्ने मान्यताका साथ अघि बढेको उनको भनाइ छ । सधैं स्वस्थ, खुशी रहनु पर्छ भन्ने मान्यता राख्ने शाह समाज सेवा, अध्ययन, साहित्य सिर्जना, योग ध्यान, ब्यायम शाहका रुचि हुन् । भविष्यलाई लिएर सुन्दर वर्तमानलाई विचलित गर्ने वानी शाहको छैन । आफ्नो पेसा व्यवसायमा राम्रो गर्नुका साथै मानदेव परोकारी अक्षयकोषलाई वृहत बनाएर लैजाने र समाजसेवाको दायरालाई अझ बढाएर लैजाने शाहको योजना छ । खुशी, स्वस्थ घरपरिवार हिंसामुक्त समाज भएमा सुन्दर संसारको निर्माण हुने विचार शाहको छ । — मन भण्डारी
प्रकाशित मिति: आइतबार, पुस ८, २०७५  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP