Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जन्मदाता बृद्धाश्रममा, सन्तान महलमा
जन्मदाता बृद्धाश्रममा, सन्तान महलमा
admin123
admin123 शुक्रबार, असार १, २०७५
26196281_1609040712508287_1010143653128783080_n
  • दिला शाह
शारदा नगरपालिका वडानम्बर १५ माल्नेटा सल्यानमा रहनुभएका मेरो बुवा मान बहादुर शाह र मुवा देवा शाहको नाममा परोपकारी कार्य गर्ने उद्धेश्यले ‘मानदेवा’ परोपकारी अक्षयकोष मेरो पहलमा स्थापना भएको हो । २ लाख ५० हजारको यो अक्षयकोषलाई बिस्तारै बढाएर लैजाने हाम्रो सोच छ । शारदा नगरपालिका वडानम्बर १५ माल्नेटा सल्यानमा रहनुभएका मेरो बुवा मान बहादुर शाह र मुवा देवा शाहको नाममा परोपकारी कार्य गर्ने उद्धेश्यले ‘मानदेवा’ परोपकारी अक्षयकोष मेरो पहलमा स्थापना भएको हो । २ लाख ५० हजारको यो अक्षयकोषलाई बिस्तारै बढाएर लैजाने हाम्रो सोच छ । बुवा आमाले आफ्नो सन्तानको लागि गरेको संघर्षलाई हामी सन्तानहरुले कहिल्यै पनि भुल्नु हुँदैन । बुवा आमालाई मरणोपरान्त होईन यहि संसारमा हुँदानै सम्मान गर्नु पर्छ भन्ने सोचका साथ उहाँ प्रति गरिएको यो एउटा सम्मान हो । हाम्रो समाजमा जातियताको नाममा सम्पन्नता र विपन्नता छुट्याईन्छ । कुनै व्यक्ति भनिने उच्च जातीमा जन्मदैमा सम्पन्न हुन्छ भन्ने सोचाई गलत हो । राजधानीमा बस्ने ठकुरीहरु सम्पन्न छन्, थिए भन्दैमा सबै सम्पन्न हुन्छन् भन्ने छैन । दुरदराजका गाउँहरुमा अत्यन्तै दयनिय अवस्थामा जीवनयापन गर्ने ठकुरीहरु पनि छन् । जहाँ साँझ बिहान हातमुख जोड्न र सन्तानको शिक्षा दिक्षाका लागि अत्यन्तै संघर्षका दिनहरु बिताउन बाध्य धेरै छन् । त्यस्तै सम्पन्न जातिको गरिव परिवारबाट कठिन परिस्थीतिमा हुर्केको समाजको एक पात्र म पनि हुँ । साझ बिहान घाँस दाउरा गरेर भएपनि दिउसो स्कुल पढ्न पाउनु मेरा लागि खुसिको कुरा थियो । आफु नपढेको भएपनि हामी सातै जना सन्तानलाई बिद्यालय पढाउनु बुवा मुवाको महानता थियो । १० कक्षा सम्म त गाउँकै बिद्यालयमा दुःख, सुख गरेर पढियो तर एसएलसी पछिको उच्च शिक्षा हासिल गर्ने मेरो रहरमा त्यहि गरिवीनै तगारो बनेको थियो । संगै पढेका साथीहरु क्याम्पस भर्ना भए शहर गए तर मैले पढ्न पाईन, कारण थियो त्यही पैंसा ! अभाब थियो त्यहि पैँसाको ! कारण जान्दा जान्दै करकाप गरेर बुवालाई दुःखी गराउन चाहिन तर आफुले पढ्न नपाउनुको पीडाले मनभरी घाउ बनेर चहराइरहन्थ्यो, दुःखिरहन्थ्यो । ती दिनहरुमा म धेरै भाबुक भए । जीवन र अभावलाई अझ नजिकबाट नियालें । यसरी १ बर्ष बित्यो फेरी पनि कलेज भर्नाको समय आउन थाले पछि बुवासँग रुदै अनुरोध गरें —मलाई ऋण काडेर भएपनि कलेज भर्ना हुने पैसा दिनुस् म हजुरको ऋण तिर्ने छु थाहा थिएन खै कसरी ऋण तिरुला भनेर तर इच्छाशक्ति भयो भने सबै कुरा सम्भब हँदोरहेछ । म कलेज भर्ना भएँ मेहनत र लगनका साथ पढेर म कलेज टप भए साथै बेस्ट स्टुडेन्टको उपाधी स्वरुप ५ हजार ६००  रुपैया पुरस्कार पाए । त्यो नै मेरो जीवनको सबैभन्दा महत्वपुर्ण उपहार थियो । मेरो बुवाले मेरो इच्छा पूरा गर्नलाई पुष माघको चिसो सिरेटाहरुमा आफ्ना हातहरु बजार्दै पसिना बगाएर कमाएर दिएको अमुल्य पैंशाको ऋण तिर्न सफल भए सायद उहाँहरुले हामी प्रति गरेको गुणको ऋण तिर्न त कहिल्यै सकिदैन ।  छोरीलाई असल संस्कार र शिक्षा, दिक्षा दिनु अनि बिहेदान गर्दिनु एक कर्तव्यवान पिताको धर्म हो । आफ्नो धर्म पुरा गर्नलाई बुवा आफैले रोजेको केटासंग बिवाह गर्नु छोरीको कर्तव्य हुन आउँथ्यो । छोरी भएकै कारण आफ्नो बुवा मुवा र जन्मघरलाई छोडेर पराई घर जानुपर्ने पीडाले मन दुःखिरहन्थ्यो तर पनि एक असल कर्मशील आफ्नो जस्तै परिवारिक पृष्ठभूमीबाट हुर्केको जीवन साथी  जसले हरपल साथ, सम्मान, माया र हौसला दिएर जीवनलाई अर्थपुर्ण तरिकाले जिउन सिकाए । हिजोका अभावका ती दिनहरुको सम्झना आउँदा अहिले पनि भावुक हुन्छौं ।  बिवाह पश्चातका दिनहरुमा पनि धेरै नै संघर्ष गर्नुपर्यो । जिम्मेवारी थपिदै गए एक छोरीबाट श्रीमती, बुहारी, आमा भएर गर्नुपर्ने भुमिकाले झनै जिम्मेवारी बनाउदै जाँदोरहेछ । दिनहरु बितीनै रहे तर पनि बुवा—मुवाले आफ्नो लागि गरेको कठिन मेहनलाई भुल्न सक्दिनथे । उहाँहरुको सम्मानमा केही गरुँ जस्तो लागिरहन्थ्यो । सल्यान देखि २०६० सालमा नेपालगञ्जमा बसाइसराई गरेर आए पछि यहाँ बागेश्वरी मन्दिर परिसरमा माग्दै हिडेका बालबालिका र बृद्धबृद्धालाई देख्दा मन पोल्थ्यो । सोच्थें अभाव र गरिव त गाउँमा मात्र हुन्छ होला । तर सहरमा त झनै हुँदोरहेछ । लागेको थियो कुनै दिन बुवा मुवाको नाममा परोपकारी अक्षकोष खोलेर अभावमा बाँचिरहेका अति विपन्न बालबालिका र असायहरुलाई सेवा गर्न सकुँ । धेरै पछि भएपनि आफ्नो प्यारोे सपनालाई पुरा गर्न सफल भएको छुँ  । मैले जस्तै सयौ जनाले सोचेपछि अभावमा बाँचिरहेका तर केही गर्न चाहाने व्यक्तिहरुलाई सहयोग पुग्थ्यो यो संसारमा पैसाले कसलाई पो पुगेको छ र ? धन भएर पनि मन भएन भने त्यो धन के गर्नु । गलत गरेर अरुलाई ठगेर लुटेर धन कमाउनु पाप हो । मेहनत गरौं, राज्यलाई कर तिरौं, राष्ट्र पनि सम्पन्न बन्छ । आफ्नै देशमा उद्योग धन्दा ब्यवसाय गर्ने अवसर मिलेमा देशको मुल जनशक्तिहरु बिदेश पलायन हुनुपर्ने थिएन । बाहिर सम्पन्न राष्ट्रहरुमा आफ्नो काम र ब्यवसायको ५० प्रतिशत कर राज्यलाई तिर्छन् र पो राज्य धनी बन्छ । सन्तानलाई सहि शिक्षा र अधिकार दिनुपर्छ तर पुस्तौ पुस्ता सम्मको लागि सम्पती संगालेर राखिदिनु गलत हो । गलत गरेर संगालेको धनसम्पतीले मान्छेलाई खुशी मिल्दैन । एकदिन मरिजाने जीवनमा पनि भ्रष्टाचार गर्दै अपराधहरु गरिरहेको देख्दा दुःख लाग्छ । भगवानले सबैभन्दा राम्रो रचना गरेर हामीलाई बनाउनुभयो । हामीनै स्वार्थी बन्दै गईरहेको छौ । हामीलाई जन्म दिने भगवानलाई बृद्धाश्रममा छोडेर महलमा कसरी बस्न सक्छौ हामी ? बुढेसकालमा आमाबुवाको सहारा सन्तान भएनौं भने हाम्रा सन्तानले पनि हामीलाई त्यसरी नै लत्याउने छन् ।  मलाई गर्व लाग्छ मेरो बुवा बुवासंग प्रसस्त धन नभए पनि ठुलो मन थियो । र  हामीलाई सक्षम बनाउनुभयो । सबै सन्तानहरु सहि बाटोमा छौं । हिजोको दुःखका दिनहरुलाई भुल्न सक्ने सुख प्राप्त भएको छ । संसारका सबै मनोरन्जन ठाउँ र धाम उद्यानहरु घुमाएका छौँ सबैले माया र सम्मान गर्छौं । बुवा मुवाको लागि सबै भन्दा ठुलो सुख सन्तान सुख पनि हो । सबै जनाले असल कामको लागि आफ्नो कमाईको थोरै अंश समाज सेवामा लगाउनु पर्दछ । समस्यामा परेकाहरुलाई सहयोग गर्नुपर्दछ । थोपा थोपा मिलेर सागर बन्छ मेरो एक थोपामा मेरो जस्तै मन भएका हजारौ दाताहरुको सहयोग चाहन्छु । आशा छ भोलीका दिनहरुमा यो सानो कोषलाई वृहत बनाउने छौं र असहाय अति विपन्न समुदायलाई सहयोग गर्नेेछौं । मेरो आशा र सपनालाई पुरा गर्न सहयोग गर्ने सुनौलो माध्यम बनेको संस्था बास र बासका सम्पुर्ण कर्मशील युवा साथीहरुलाई विशेष धन्यवाद दिदै हमेशा समाजका गलत कर्महरुलाई चिरफार गर्दै सत्यकामको सम्मानमा लागि रहन शुभकामना दिदै हरपल सहयोगको अपेक्षा गर्दछु । (शाह मानदेवा परोपकारी अक्षय कोषकी संस्थापक हुन् । अक्षय कोषको व्यवस्थापन बासले गरिरहेकोछ—सम्पादक)
प्रकाशित मिति: शुक्रबार, असार १, २०७५  १२:२७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP