काठमाडौं- काठमाडौं- जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गर्दै आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो।
पछिल्लो जितसँगै ४ खेलमा ७ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ। साविक विजेतासमेत रहेको लुम्बिनीले यसअघि पहिलो खेलमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेल बर्षाका कारण रद्द भएपछि चितवन राईनोजसँग अंक बाडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो।
लुम्बिनीले जितको लागि दिएको १५० रनको लक्ष्य पन्छाएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो।जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए। त्यस्तै सैफ हसनले २८ तथा आदित्य महताले ३० रनमा अविजित रहे। त्यस्तै त्रितराज दासले १८ रन बनाए।
बलिङतर्फ लुम्बिनीका बलर डिआर्सी शर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। त्यस्तै शेर मल्ल र तिलक भण्डारीले समान २/२ विकेट हात पारे भने रुबेन ट्रम्पेलम्यानले १ विकेट त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियो।
लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए। बलिङतर्फ जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २/२ विकेट लिए। त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १/१ विकेट हात पारे।
यस हारसँगै पहिलो संस्करणको विजेता जनकपुरले ५ खेलमध्ये २ खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ। अहिले जनकपुरको ४ अंक छ।काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८ विकेट गुमाएर १३३ रन मात्र बनाएकाे थियाे। जनकपुरका लागि हरमीत सिंहले सर्वाधिक ३३ रन बनाए। आदित्य महता ३० रनमा अविजित रहे भने सैफ हसनले २८ र तृतराज दासले १८ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका लागि डार्सी शर्टले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। शेर मल्ल र तिलक भण्डारीले दुई-दुई तथा रुबेन ट्रम्पलमनले एक विकेट हात पारे। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४ रन बनाए। निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रन जोडे। रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए।
जनकपुरका राहुल यादव र विशाल सुश्लिङले दुई-दुई विकेट लिए भने हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक-एक विकेट लिए। यस जितसँगै चार खेलबाट तीन जित र एक खेल रद्द हुँदा सात अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत् रहेको छ। पाँच खेल खेलेको जनकपुर दुई जित र तीन हारसहित चार अंक जोडेर चौथो स्थानमा छ।