काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जित्नको लागि १७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रनको योगफल बनाएको हो।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे ।
लोकेश बमले ४० बलमा ३ चौका र ३ चक्काको सहयोगमा ५० रन बनाए । शुभम रञ्जाने ५ बलमा ७ रनमा अविजित रहे ।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ