काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईवटा खेल हुँदै छन्।
आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने छन्।
दुवै खेल किर्तिपुरस्थित स्टेडियममा हुने छ। पहिलो खेल ११ः३० मा सुरू हुने छ भने दोस्रो खेल ४ः३० मा सुरू हुने छ।
सोमबारदेखि सुरु भएको प्रिमियर लिगको पहिलो खेलमा लुम्बिनी लायन्सले सात विकेटको जित निकाल्दा सुदूरपश्चिम स्तब्ध बनेको थियो।