नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घटनामा १० जना घाइते भएका नेपाल प्रहरीले जानकारी दिएको छ।
नेपालगञ्जबाट काठमाडौैंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान सडकबाट नालामा पल्टिएको थियो ।
मृतकमध्ये पाँचजनाको पहिचान खुलेको छ। जसमा भेरीगंगा नगरपालिका-३ (जाजरकोट) का ५० वर्षीय निर्जुङ खत्री, कोहलपुर नगरपालिका-३ (बाँके) का ३२ वर्षीय दीपेन्द्र के.सी., स्वामीकार्तिक खापर गाउँपालिका (बाजुरा) का ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर नगरपालिका-१० (बाँके) का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका-७ (बाँके) का २२ वर्षीय कृष कनौजिया रहेका छन्।
एकजनाको भने सनाखत हुन सकेको छैन। बसमा चालकसहित १८ जना सवार रहेका थिए। दुईजना यात्रु भने सकुशल रहेको बताइएको छ।
घाइतेहरुको मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको प्रहरी निरीक्षक थमनसिंह रानाले जानकारी दिए।
घाइतेहरुको विवरण:
१. जिल्ला गोरखा, गो.न.पा.-०९ बस्ने वर्ष ३० को हरिशरण थापा,
२. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,
३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती,
४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा,
५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु,
६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम,
७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,
८. जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की,
९. जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी