काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
बैठकमा मुलुकका विभिन्न भागमा भएका पछिल्ला विपद्का घटनालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।