ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ साइकल -याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले -यालीको उद्घाटन गरे ।
पाटन दरबार क्षेत्रबाट सुरु भएको -याली पुल्चोक-कुपण्डोल-माइतीघर-रामशाहपथ-जयनेपाल सडक- नक्साल, टङ्गाल-बालुवाटार- नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ । -यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए ।