काठमाडौं- भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ। उपचारका क्रममा दुई जनाको मत्यु भएको छ।
हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ। तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।
यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना संकलन भएको छ। बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्।