काठमाडौं- जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्।
उनको यो पदक जारी एसियाली खेलकुदको पहिलो पदक हो। यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन।
जापानको टोयाहाशी जिम्नेसियममा बुधबार भएको कास्य पदकका भिडन्तमा नेपालका कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन्।
उनले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्। त्यसअघि उनी सेमिफाइनल खेलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए।