काठमाडौं– नेपाल आइकिदो संघले एकदिने आइकिदो सेमिनार आयोजना गरेको छ ।
सोमबार ललितपुरको लोहाचोकस्थित बहुउद्देश्यीय भवनको हलमा सेमिनार आयोजना गरिएको हो ।
सेमिनारमा प्रमुख अतिथिका रूपमा उपस्थित सिंगापुर गोरखा डोजोका प्रमुख प्रशिक्षक मदन राईले सहभागीहरूलाई प्रशिक्षण दिए ।
संघका पदाधिकारीहरू तथा खेलाडीहरू, विद्यालयका आइकिदो खेलाडीहरू सेमिनारमा सहभागी भएका थिए ।
सेमिनारको संयोजन आइकिदो संघका उपाध्यक्ष मणिकुमार सुनुवार र संघका प्रमुख प्रशिक्षक नहकुल राईले गरेका थिए ।