बेइजिङ- चीन, रूस र मंगाेलियाले सेप्टेम्बरको सुरुमा दोस्रो संयुक्त सीमा रक्षा अभ्यास सूरु गर्ने भएका छन् ।
सीमा रक्षा सहयोग २०२६ कोड नाम दिइएको यस अभ्यासले सीमावर्ती क्षेत्रहरूमा जासुसी र तोडफोड गतिविधिहरू रोक्न र यस विरुद्ध लड्नमा ध्यान केन्द्रित गर्नेछ ।
यस अभ्यासमा संयुक्त योजना, खोजी, समन्वित आक्रमण र गिरफ्तारी, साथै संदिग्धहरूको संयुक्त हस्तान्तरण समावेश हुने मन्त्रालयले जनाएको छ ।
यो अभ्यासको उद्देश्य तीन छिमेकि देशहरु बीचको रणनीतिक आपसी विश्वासलाई अझ सुदृढ पार्नु, सीमा रक्षा सहयोगलाई सक्षम बनाउनु र संयुक्त रूपमा सीमा क्षेत्रमा सुरक्षा र स्थिरताको रक्षा गर्नु रहेको जनाइएको छ ।
तीनै देशका सीमा सुरक्षा बलले सन् २०२५ सेप्टेम्बरमा यस प्रकारको पहिलो संयुक्त अभ्यास गरेका थिए ।