काठमाडौं- चीनको तिब्बततर्फ पहिरोपछि जमेको पोखरी पुन: फुटेको जानकारी आएको छ।
चिनियाँ पक्षले उक्त सूचना दिएकोले रसुवा, धादिङ, नुवाकोट लगायत जिल्लाका नदी तटीय क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान नेपाल प्रहरीले सचेत गराएको छ।
'तिब्बततर्फ पानीको ड्याम पुन: फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरुलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान जाननरी गराउन अनुरोध छ,' प्रहरीको सूचनामा भनिएको छ।