तुलसीपुर- लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए। प्रदेशसभाको आठौँ अधिवेशन गत वैशाख १७ गतेदेखि सुरु भएको थियो।