काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका विदेशमन्त्री डा खलिलुर रहमानबीच आज टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबीच नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहतकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढीबाट आक्रान्त नेपाललाई अत्यावश्यक सहयोग गर्ने प्रस्ताव गरेकामा बङ्गलादेश सरकारप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीपीडितको उद्धार, राहत र सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट समन्वय कायम राख्ने बताए ।
रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेको विषम अवस्थामा दुई देशका विदेशमन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो ।