काठमाडौं- रसुवास्थित भोटकोशी नदिमा आएको बाढीको प्रभाव माथिल्लो क्षेत्रको तुलनामा तल्लो तटीय क्षेत्रमा कम देखिएको छ ।
जल विज्ञान तथा अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भने बढीबाट तल्लो नदी तटीय क्षेत्रमा पनि हुन सक्ने क्षतिलाई दृष्टिगत गरी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीका कारण फुर्केखोलास्थित जलमापन केन्द्रले १० दशमलव आठ मिटर जलसतह मापन गरेको र त्यसपछि उक्त केन्द्र तथा पुलसमेत बाढीले बगाएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीसम्बन्धी तत्काल सूचना लिन बाढी पूर्वानुमान महाशाखाको ११५५ को २ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने महाशाखाका हाइड्रोलोजिस्ट सौगात भुसालले बताए ।