विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिदै छन् । उनले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए ।
उनका अनुसार नेपालको संविधान बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्त, हेरफेर र कार्यविभाजन गरिएको छ । यसअघि उहाँको नेतृत्वमा २०८१ वैशाख २७ गते कोसी प्रदेश मन्त्रिपरिषद गठन भएको थियो ।हाल सभामा नेकपा (एमाले)का ४० र नेकपाको १७ सांसद छन् ।