Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २, २०८३

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली संघको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले उडान सुरक्षाप्रतिको नेपालको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र यूरोपेली संघसँगको निरन्तर संवादका आधारमा छिट्टै सो सूचीबाट हट्ने विश्वास व्यक्त गरे । उनले यूरोपेली संघबाट सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजा प्राप्त भएपछि यसका आधारमा आवश्यक थप कदम अघि बढाइने स्पष्ट पारे । 

यूरोपेली संघको उडान सुरक्षा सूचीबाट नेपाललाई हटाउने विषय  सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्री पौडेलले नेपाललाई उक्त सूचीबाट हटाउन उडान सुरक्षा प्रणालीको सुधारसँगै नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र कूटनीतिक पहललाई समानान्तररूपमा अघि बढाइएको बताए । 

Hardik health

यूरोपेली संघले सन् २०२३ को सेप्टेम्बर ११-१५ नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन सम्पन्न गरेको थियो । “उक्त मूल्याङ्कनको खुला निष्कर्षलाई अहिलेसम्म कार्यान्वयन नभएको अवस्था थियो । हामी आइसकेपछि ५ जुन २०२६ मा युरोपेली संघसमक्ष यसको विवरण पेस गरेका छौँ, संघले पनि १२ जुन २०२६ मा पठाएको जानकारी अनुसार ती सुधारात्मका कार्ययोजनाको समीक्षा छिट्टै उपलब्ध गराउने भन्नुभएको छ”, मन्त्री पौडेलले भने । उनले हवाई सुरक्षा तथा नियमनसम्बन्धी प्राविधिक क्षमता अभिवृद्धिका लागि अन्तरराष्ट्रिय साझेदारसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। 

“संस्थागत सुधारतर्फ महत्त्वपूर्ण काम अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामकीय निकाय र सेवा प्रदायक निकायकारूपमा विशिष्टकृट गरी छुट्टाछुट्टै संस्थागत संरचना स्थापना गर्ने सन्दर्भमा आवश्यक विधेयक तर्जुमा गरिसकिएको र छिट्टै सदनमा पेस गरिनेछ”, मन्त्री पौडेलले भने ।  

प्राविधिक तथा संस्थागत सुधारसँगै सरकारले यस विषयमा कूटनीतिक तहबाट निरन्तर सक्रिय पहल भइरहेको जानकारी दिँदै उनले यसक्रममा नेपालका लागि यूरोपेली संघका राजदूतसँग व्यक्तिगत रूपमा भेटघाट गरी नेपालले उडान सुरक्षाका सुधारका क्षेत्रमा गरेको प्रगति, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन र आगामी योजनाबारे छलफल गरिएको स्पष्ट पारे । 

यूरोपेली संघका सदस्य राष्ट्रका नेपालस्थित र गैरआवासीय राजदूतसँग पनि भेटघाट गरी नेपाललाई उडान सुरक्षा सूचीबाट हटाउने विषयमा नेपालको प्रतिबद्धता, सुधारका प्रयास र आगामी कार्यदिशाबारे जानकारी गराउँदै आवश्यक सहयोग र सकारात्मक भूमिकाका लागि आग्रह गरिएको उनको भनाइ छ । 

“नेपाललाई यूरोपेली संघको उडान सुरक्षा सूचीबाट हटाउने विषय केवल कूटनीतिक पहलबाट मात्र होइन, उडान क्षेत्रमा वास्तविक र मापनयोग्य सुधारमार्फत सुनिश्चित गर्नुपर्छ”, मन्त्री पौडेलले भने, “अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुसार प्राविधिक र नियमामकीय सुधारलाई तीव्रता दिइएको छ । यूरोपेली संघ र सदस्य राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिइएको छ ।”


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP