काठमाडौं- नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी भएका छन् । समितिको गएराति सम्पन्न तेस्रो अधिवेशनबाट पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन् ।
उनले २६६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सिपी पौड्यालले १३८ मत प्राप्त गरेका निर्वाचन प्रमुख भक्त थापाले जानकारी दिए। यसैगरी, वरिष्ठ उपसभापतिमा विनोद भट्ट, हरिप्रसाद शर्मा, निमा बोम्जम, सञ्जीव श्रेष्ठ र श्रीराम थापा, युवा उपसभापतिमा सुशील खत्री, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार र कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल विजयी भएका छन् ।
यसैगरी, सदस्यमा खेमराज बाँस्तोला, हरिप्रसाद खनाल, राजुप्रसाद रौनियार, देवराम ओली, पवन शर्मा, बलबहादुर केसी, मीनबहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ तिम्सिना, विश्वमान आङ्देम्बे, राजेन्द्र रेग्मी, दिनेश डाँगी, नवराज न्यौपाने, रोशनकुमार ढुङ्गाना, नेत्र केसी र अनिल पाण्डे विजयी भएका निर्वाचन प्रमुख थापाले बताए ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न जनसम्पर्क समितिको अधिवेशन सुरु भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचन भने ११ वर्षपछि भएको हो ।