काठमाडाैं- आज ने नेप्से परिसूचकमा उच्च गिरावट आएकाे छ । हप्ताकाे पहिल्लाे दिन नेप्से परिसूचक ३३.२८ अंक घटेको हाे । यो कमीसँगै बजारको परिसूचक नेप्से २७०१ अंकमा झरेको छ ।
कारोबार खुलेपछि बढेको बजार १२ : १३ बजे २७४४ अंकसम्म पुगेको थियो । त्यसपछि बजार अन्तिम समयसम्म ओरालोमा रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७ करोडको भयो ।
आज ३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रह्यो । आज बैंकिङ समूह ०.१० प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक, सेन्ट्रल फाइनान्स छन् ।