काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४१.७० अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा कायम भएको हो ।
यसअघि गत साताको अन्तिम कारोबार दिन शेयर बजार ७९.७४ अंकले बढेर २६७७.५४ को विन्दुमा अडिको थियो । आज ३४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।
जहाँ २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सोमबार एभरेस्ट कलर लिमिटेडको शेयर मूल्य सर्वाधिक १४.९७ प्रतिशतले बढेको छ ।
यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले घटेको छ । कारोबारका आधारमा अखुँखोला जलविद्युत कम्पनी २९ करोड १५ लाख ५२ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।