जनकपुरधाम- मधेश सरकारको बजेट सर्वसम्मतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो ।
मधेश सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत १ असारमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएका थिए ।प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन हुनुपर्ने माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध पार्दै आएका थिए ।
गत २८ असारमा मधेश प्रदेश सभाले बजेट विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको थियो ।कार्यदलले मंगलबार १० बुँदे प्रतिवेदन सभामा पेश गरेको थियो ।