Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मिड_डे_मील
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #सुनचाँदीकाे_मूल्य
  • #अमेरिका_ठगी
  • #बर्डफ्लु
  • #राष्ट्रिय_जनावर
Search Here
कृषि
  • Home
  • कृषि
  • बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’
बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २९, २०८३

लमजुङ- कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो । असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो । साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो । तर पछिल्ला वर्षमा मौसममा आएको परिवर्तनसँगै  रोपाइँ हुने समय असारमा वर्षाद् नहुँदा पानीको अभावमा किसानको विगतको ‘क्यालेन्डर’ फेरिन थालेको छ । 

यो वर्ष असार सकिन लाग्दा खोला र खोल्सामा पानी नहुँदा अहिलेसम्म लमजुङका धेरै खेतमा रोपाइँ हुन सकेको छैन । अझै पनि किसान पानी पर्ने आशामा आकाशतिर हेरिरहेका छन् । धान रोपाइँको मुख्य समय मानिने असारको अन्त्यसम्म पनि जिल्लामा अपेक्षित रूपमा रोपाइँ हुन नसक्दा कतिपय किसान चिन्तित छन् । समयमा पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा नभएका क्षेत्रका किसान बढी प्रभावित भएका छन् । कतिपय स्थानमा खोलाको पानी, कुलो तथा अन्य वैकल्पिक स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै वर्षाको प्रतीक्षामा छन् ।

कृषि विकास कार्यालयका प्रमुख किरण सिग्देलका अनुसार असार २७ गतेसम्म जिल्लामा करिब ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ । समयमा पानी नपर्नु र सिँचाइ सुविधा नभएका क्षेत्रमा पानीको अभाव हुनु रोपाइँ ढिलाइको मुख्य कारण रहेको उनले बताए। गत वर्ष भने यो  समयमा धेरै रोपाइँ भइसकेको थियो । अघिल्लो वर्षको तुलनामा यस बर्ष रोपाइँ निकै पछाडि परेको प्रमुख सिग्देलले बताए । “समयमा पानी नपरेका कारण रोपाइँ ढिला भएको छ । केही ठाउँमा खोलाको पानी तथा अन्य स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै पानीको पर्खाइमा छन्,” उनले भने । 

Hardik health

धान रोपाइँको समय स्थानअनुसार उत्पादनमा फरक पर्छ । गर्मी क्षेत्रका किसानले केही ढिला रोप्दा पनि उत्पादनमा ठूलो असर नपर्न सक्छ भने चिसो क्षेत्रका लागि समयमै रोपाइँ गर्नु आवश्यक हुन्छ । चिसो क्षेत्रमा ढिलो रोप्दा किराको समस्या आउने, बाली बिग्रने तथा उत्पादनमा असर पर्न सक्ने भएकाले असार १५ भित्रै रोपाइँ सक्नु उपयुक्त हुने उनले बताए ।

पछिल्लो समय लमजुङमा स्थानीय जातको धानभन्दा हाइब्रिड जाततर्फ किसानको आकर्षण बढेको छ । हाइब्रिड जातको धान ढिलो रोप्दा तुलनात्मक रूपमा कम असर पर्ने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसतर्फ आकर्षित हुँदै गएको पाइन्छ । कृषि मजदुरको अभाव र अनुकूल समयमा पानी नपाउनु पनि किसानका लागि चुनौती बनेको छ । 

कृषि विकास कार्यालयका अनुसार लमजुङमा कुल ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये नौ हजार २९९ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । दोर्दी गाउँपालिकामा पनि यस वर्ष धान रोपाइँ गत वर्षको तुलनामा निकै पछाडि परेको छ ।  गाउँपालिकाका कृषि शाखा प्रमुख निरञ्जन पौडेलका अनुसार असार अन्त्यसम्म पालिकाभित्र करिब ५५ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा करिब ७० देखि ८० प्रतिशतसम्म रोपाइँ सकिइसकेको थियो । दोर्दी गाउँपालिकाका अधिकांश क्षेत्र आकाशे पानीमा निर्भर छ । स्थायी सिँचाइ सुविधा न्यून रहेका कारण किसान वर्षाको भरमा खेती गर्न बाध्य छन् । पर्याप्त पानी नपर्नु र खेतमा भल नआउनु यस वर्ष रोपाइँ ढिलाइको कारण बनेको छ ।

दोर्दी गाउँपालिका-४ नौथर सेराका किसान लक्ष्मण गुरुङ पनि ढिला रोपाइँबाट प्रभावित छन् । करिब आठ रोपनी जग्गा रहेका उनले पानी पुगेको क्षेत्रमा मात्र रोपाइँ गरेका छन् । “करिब चारदेखि साढे चार रोपनी जति जग्गामा रोपाइँ भइसकेको छ । बाँकी जग्गामा पानी नभएकाले रोपाइँ रोकिएको छ । पानी परेपछि रोप्ने तयारीमा बसेका छौँ,” उनले भने । दोर्दी गाउँपालिका-८ दुबार गाउँकी किसान लालमाया मिजार पनि खेत तयार पारेर पानीको प्रतीक्षामा छन्। गत वर्ष यही समयमा पाँच-छ हल खेतमा रोपाइँ सकिसकेको भए पनि यस वर्ष गाउँका अधिकांश किसानको रोपाइँ बाँकी रहेको उनले बताए।  

दुबार, बन्सार, खिमचोक क्षेत्रमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था  छ । विगतमा मूल फुटेर खोला-नाला बढेपछि त्यही पानी प्रयोग गरेर रोपाइँ गर्ने गरिए पनि यस वर्ष पर्याप्त पानी नपरेपछि किसान अन्यौलमा रहन बाध्य छन् ।  अर्कातर्फ लामो समयसम्म रोपाइँ नभएर बीउ राख्दा उत्पादनमा असर पर्ने किसानको चिन्ता छ । सामान्यतया ४० दिनभित्र रोप्नुपर्ने धानको बीउ कतिपय किसानको दुई महिनासम्म पुग्न लाग्दा रोप्न नपाएको किसान मिजारको गुनासो छ । मौसममा आएको फेरबदलले लमजुङका किसानको खेती गर्ने समय र परम्परागत कृषि क्यालेन्डरमा समेत परिवर्तन ल्याएको छ । रोपाइँका लागि खेत र बीउ तयार छ, पानीको अभावले काम रोकिएको धान रोपाइँ प्रभावित भएको छ । समयमै रोपाइँ हुन नसक्दा धान पाक्ने समय पछाडि सर्ने र उत्पादन घट्ने किसानमा चिन्ता उत्तिकै छ । असारमा सकिनुपर्ने रोपाइँ साउन कुर्नुपर्ने बाध्यता पर्नुले बदलिँदो प्राकृतिक अवस्थासँग किसानले गरिरहेको सघर्ष उदाहरण बनेको छ ।
 


प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता आइतबार, असार २८, २०८३
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध शनिबार, असार २७, २०८३
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी बिहीबार, असार २५, २०८३
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी मंगलबार, असार २३, २०८३
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष मंगलबार, असार २३, २०८३
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP