Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम  सम्पन्न
ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम  सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १९, २०८३

काठमाडौं - ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम सोट्टोकाे  सहकार्यमा नेपाल पर्यटन बोर्डले  सम्पन्न गरेकाे छ । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्ने आज काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको हाे  ।

काठमाडौंमा हुने उक्त तालिम दुई दिनकाे रहेकाे छ । तालिममा विभिन्‍न ट्राभल तथा टुर एजेन्सीका ५० जना व्यवसायीहरुको सहभागिता रहेको छ ।  तालिममा विभिन्न प्रकारका करहरु, पर्यटन क्षेत्रमा लागू हुने करहरु, कर तिर्दा ध्यान दिनुपर्ने विषय, कानुनले प्रदत्त गरेको व्यवस्था र पालना गर्नुपर्ने कानुनी एवं अन्य व्यवहारिक पक्षहरु लगायत विषयमा एजेन्सीका प्रमुख एवं प्रतिनिधिहरुलाई तालिम दिइएको छ ।

विशेषत कर र भ्याटसम्बन्धी ऐन कानुनको ज्ञानको अभावमा साना व्यवसायीले ठूलो जरिवाना र झन्झट बेहोर्नुपरेको भन्दै तालिममा विशेषगरी व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।  सोट्टो नेपालका अध्यक्ष मान बहादुर शाहीले व्यवसायीले करका विषयमा बोहोर्नुपरेको झन्झटलाई निवारण गर्न आवश्यक ज्ञान प्रदान गर्ने उदेश्यले एजेन्सीहरुलाई तालिम दिइएको बताएका छन् ।

Hardik health

तालिमबारे प्रष्ट पार्दै उनले भने, ‘कर कानुनमा हरेक वर्ष परिवर्तन हुने भएतापनि करका आधारभुत सिद्धान्त स्थिर रहने भएकाले यससम्बन्धी ज्ञान व्यवसायको दीर्घकालीनताका लागि उपयोगी हुनेछ । त्यस्तै आर्थिक अनुशासन र पारदर्शिता बढाउन तालिमले सहयोग गर्नेछ ।’  व्यवसाय गर्नेहरु करसम्बन्धी सैद्धान्तिक जानकारीको अभावमा ठूलो जरिवानामा नपरुन् भनेर नै तालिम दिइएको शाहीको भनाइ छ । 

नेपाल पर्यटन बोर्डले कर भुक्तानी प्रक्रियाबारे हुने अज्ञानता वा लापरबाहीले कडा जरिवाना भोग्नुपर्ने अवस्था आउने उल्लेख गर्दै यसबाट सचेत रहनुपर्ने जनाएको छ । सोहीकारण सोट्टो नेपालसँगको सहकार्यमा व्यवसायीलाई तालिम प्रदान गरिएको बोर्डको भनाइ छ । 

विभिन्न फरक–फरक सेसनमा फरक–फरक विषयमा पर्यटन व्यवसायीलाई तालिम दिइएको छ । शुक्रबार तालिमको समापन गरिनेछ । बोर्डले सोट्टो नेपालसँगको सहकार्यमा नै आगामी महिना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धमा पनि एजेन्सी एवं पर्यटन व्यवसायीलाई तालिम प्रदान गर्ने भएको छ ।


प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी आइतबार, असार २८, २०८३
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा शनिबार, असार २७, २०८३
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता शुक्रबार, असार २६, २०८३
पर्यटन मन्त्रालयकाे  १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी बुधबार, असार २४, २०८३
आधुनिक बाल उद्यान
आधुनिक बाल उद्यान मंगलबार, असार २३, २०८३
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल सोमबार, असार २२, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP