काठमाडौं - सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हाे ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरूबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा ढुंगानालाई सो जिम्मेवारी दिइएको बताएकाे हाे ।
सोही बैठकले सञ्चार क्षेत्रकै अर्को महत्त्वपूर्ण निकाय गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई समेत नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिएका हुन् ।