काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
केन्द्रीय कार्यालय वनस्थलीमा निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सभापति रविले निर्वाचित सदस्यलाई प्रमाणपत्र हस्तान्तरण तथा घण्टी उपहार दिएका थिए । चितवनमा असार ७ देखि १२ गतेसम्म भएको प्रथम महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।