विराटनगर- कोशी प्रदेशसभा बैठक सारिएको छ ।कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय सारिएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिएका हुन् ।
कोशी प्रदेशसभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव खड्काले बताए ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि आगामी असार १८ गते दिउँसो १ः०० बजे बस्ने समय निर्धारण गरेका छन् ।