Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असार १३, २०८३

काठमाडौं- नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल-चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ ।

त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले हालै आयोजना गरेको कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रीय जन सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ, सिचाङ सरकारका विभिन्न निकायका उच्च अधिकारी, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न इच्छुक चिनियाँ लगानीकर्ता, नेपालसँग व्यापारमा संलग्न चिनियाँ व्यवसायी, ल्हासास्थित नेपाली व्यवसायी, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालासहित ११३ जनाको सहभागिता रहेको थियो ।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा वाणिज्यदूत सविन भट्टराईले नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे जानकारी दिएका थिए । कार्यक्रममा नेपालका लगानी, व्यापार र पर्यटनका अवसरसम्बन्धी विस्तृत विवरण समावेश गरी तयार पारिएको ‘भिडियो’ देखाइएको थियो ।

Hardik health

महावाणिज्य दूतावासले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रमुख अतिथि चाओ पेङले चीन र नेपालबीचको सम्बन्ध थप सुदृढ बनाउन नेपाली महावाणिज्यदूतावासले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नेपाल चीनको सच्चा मित्र रहेको उल्लेख गर्दै दुवै देशले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकाधारणा व्यक्त गरे ।

उनले सिचाङ सरकारले नेपाली महावाणिज्यदूतावासलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन तयार रहेको बताउँदै हालैको आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ भएको विश्वास व्यक्त गरे । नेपाल सुन्दर, शान्तिपूर्ण र चीनको हितैषी मुलुक भएकाले त्यहाँ भ्रमण, व्यवसाय र लगानी गर्न चिनियाँ लगानीकर्तालाई उनले आह्वान गरे ।

महावाणिज्यदूत निरौलाले चीनको केन्द्रीय सरकार, सिचाङ स्वायत्त क्षेत्रीय सरकार तथा चिनियाँ जनताबाट नेपालले प्राप्त गर्दै आएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे ।  उनले राजकुमारी भृकुटी र कलाकार अरनिकोको समयदेखि नेपाल-चीन सम्बन्ध विश्वास, मित्रता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहेको र नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे ।

उनले नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे चिनियाँ सरकारी निकाय र लगानीकर्तालाई जानकारी गराउँदै द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । सहभागीको सङ्ख्या र गुणस्तरका दृष्टिले कार्यक्रम सफल भएको उनको भनाइ थियो । कार्यक्रमअघि कार्यकारी उपाध्यक्ष पेङ र महावाणिज्यदूत निरौलाबीच शिष्टाचार भेट भएको थियो । भेटमा महावाणिज्यदूत निरौलाले हालै सम्पन्न भएका नेपाल र चीनबीचका उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै सीमा पूर्वाधार विकास, सीमा नाकामा आयात-र्यात तथा आवतजावतमा सहजीकरण, सिचाङमा बसोबास गर्ने नेपालीको व्यवसाय र आवतजावतमा सहजता तथा नेपालीलाई भिसा र तिब्बत प्रवेश अनुमतिमा सहजीकरण गरिदिन आग्रह गरे ।

उनले ल्हासास्थित ऐतिहासिक सरस्वती मन्दिर र सिगात्सेस्थित नेपाली भीमसेन मन्दिरको नेपाली शैलीमा जीर्णोद्धारका लागि सहयोगका निम्ति अनुरोध पनि गरे । जवाफमा कार्यकारी उपाध्यक्ष पेङले नेपाल र सिचाङबीच हिमालय र नदीले जोडिएको सीमा मात्र नभई ऐतिहासिक र सांस्कृतिक सम्बन्ध पनि उत्तिकै बलियो रहेको बताए ।  उनले सीमा व्यवस्थापनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको, सरस्वती र भीमसेन मन्दिरको जीर्णोद्धारका लागि पहल गरिने तथा रसुवागढीस्थित सीमा नदीमा पक्की पुल निर्माणका लागि चीन तयार रहेको जानकारी दिएका  विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: शनिबार, असार १३, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी आइतबार, असार २८, २०८३
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा शनिबार, असार २७, २०८३
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता शुक्रबार, असार २६, २०८३
पर्यटन मन्त्रालयकाे  १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी बुधबार, असार २४, २०८३
आधुनिक बाल उद्यान
आधुनिक बाल उद्यान मंगलबार, असार २३, २०८३
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल सोमबार, असार २२, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP