काठमाडौं - रास्वपाका नेता गणेश पराजुलीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले महामन्त्री पदमा आकांक्षा राखेको बताए ।
उनले पार्टीको महामन्त्रीमा एक जना निर्वाचित र अर्को एक जना मनोनीत भएर आउने व्यवस्था विधानले गरेको बताए । महामन्त्रीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झालगायतले पनि दाबी गरेका छन् ।