Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रियसभाः चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव
राष्ट्रियसभाः चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०८३

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ निर्यात गर्ने विषयमा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सुझाव दिएका छन् । बैठकको शून्य समयमा सांसदहरूले वन कर्मचारीमाथि भएको आक्रमण, सीमा सुरक्षा, कर प्रणाली, महिला सुरक्षा, चिया निर्यातलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा सांसद गीता देवकोटाले कैलालीको गोदावरी नगरपालिका-४ मा डिभिजन वन कार्यालयका कर्मचारीलाई भीरबाट धकेलिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन् । सांसद रामकुमारी झाँक्रीले पनि उक्त घटनाको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिन् ।

सांसद जगत तिमल्सेनाले करका दरमा गरिएको हेरफेरप्रति प्रश्न उठाउँदै त्यसबारे उचित छानबिन हुनुपर्ने धारणा राखे । सांसद धर्मेन्द्र पासवानले नेपाल सरकारलाई जानकारी नदिई भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेको र स्थानीयवासीको अवरोधपछि फर्किएको विषय उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । 

Hardik health

सांसद मीना सिंह रखालले दैलेखमा गरिएको अन्वेषणबाट ठूलो परिमाणमा मिथेन ग्यास रहेको देखिए पनि त्यसको अध्ययन, उत्खनन र उपयोगका लागि सरकारी लगानी पर्याप्त नभएको बताए । सांसद रेखाकुमारी झाले भने आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटले आमजनतालाई उत्साहित बनाउन नसकेको टिप्पणी गरे ।

सांसद रोशनी मेचेले झापाको मेचीनगर क्षेत्रमा भारतबाट आएका जङ्गली हात्तीको आक्रमणका कारण स्थानीयवासी प्रभावित भएका उल्लेख गर्दै मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा प्रभावकारी पहल गर्न सरकारसँग माग गरे । सांसद वासुदेव घिमिरेले दाङस्थित राप्ती विज्ञान प्रतिष्ठानमा मिर्गौला रोग विशेषज्ञको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

सांसद सम्झना देवकोटाले गोरखाको ईश्वरी भुजेल हत्याकाण्डको प्रसङ्ग उल्लेख गर्दै महिला हिंसा नियन्त्रण र महिला सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सोमनाथ पौडेलले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षबाट अवरोध सिर्जना हुँदा चिया उद्योग संकटमा परेको बताउँदै समस्या समाधानका लागि कूटनीतिक तथा प्रशासनिक पहल गर्न सरकारसँग आग्रह गरे । 
 


प्रकाशित मिति: सोमबार, असार १, २०८३  १४:३०
#राष्ट्रियसभा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP