Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १७, २०८३
Ncell
Hardik health

काठमाडौं  -  दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावासहरू बन्द गर्ने नेपाल सरकारको निर्णयप्रति गैरआवासीय नेपाली (एनआरएन) अभियन्ताहरूले गम्भीर चिन्ता व्यक्त गर्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष हिकमत थापा, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्पराज भट्टराई, एनआरएनए नाइजेरियाका अध्यक्ष सोमेश अर्याल,  एनआरएनए कङ्गोको अध्यक्ष विष्णु गिरी, एनआरएनए बोत्स्वानाका अध्यक्ष शान्ति कँडेल तथा एनआरएनए एनसीसी कोलम्बियाका अध्यक्ष छत्रबहादुर मैनालीले दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णयप्रति दुःख व्यक्त गरेका हुन् ।
 
उनीहरूले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत दक्षिण अमेरिकी मुलुक ब्राजिलमा रहेको नेपालको एक मात्र कूटनीतिक नियोग खारेज गर्ने घोषणा गरेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताए  । विज्ञप्तिमा दक्षिण अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली समुदाय, नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा आर्थिक र सांस्कृतिक हित प्रवर्द्धनका लागि ब्राजिलस्थित नेपाली दूतावासको विशेष महत्त्व रहेको उल्लेख गरिएको छ ।
 
दूतावास खारेज गर्ने निर्णयप्रति गहिरो दुःख र खेद व्यक्त गर्दै उनीहरूले विश्वभर रहेका नेपालीहरूको हकहित र सरोकारका विषयमा सक्रिय रहनुपर्ने एनआरएनए नेतृत्वले समेत यस विषयलाई अपेक्षित गम्भीरताका साथ नलिएको महसुस भएको बताए । अभियन्ताहरूले नेपाल सरकारलाई उक्त निर्णय पुनर्विचार गरी दक्षिण अफ्रिका तथा दक्षिण अमेरिकामा नेपालको कूटनीतिक उपस्थिति कायम राख्न आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
 
उनीहरूले दक्षिण अफ्रिका र ब्राजिल दुवै मुलुक क्रमशः अफ्रिका र दक्षिण अमेरिका महादेशका प्रमुख आर्थिक केन्द्रका रूपमा उदाइरहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा नेपाली डायस्पोराको उपस्थिति पनि बढ्दै गएको बताए  । त्यहाँ रहेका नेपाली समुदायका समस्या अझै नेपाल सरकारको प्रत्यक्ष पहुँचबाहिर रहेको र राज्यको थप उपस्थिति आवश्यक महसुस भइरहेको अवस्थामा विद्यमान दूतावासहरू समेत बन्द गर्नु दुःखद भएको उनीहरूको भनाइ छ ।
 
अभियन्ताहरूले नेपाल सरकारले ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई दक्षिण-दक्षिण सम्बन्ध विस्तार, उदीयमान अन्तरराष्ट्रिय शक्ति समूह ब्रिक्स सँग सहकार्य, द्विपक्षीय व्यापार अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा लगानी आकर्षणका सम्भावनातर्फ केन्द्रित गरी अघि बढाउनुपर्ने बताएका छन् । दूतावासहरू केवल खर्चको केन्द्र नभई आय, व्यापार र लगानी प्रवर्द्धनका माध्यम बन्न सक्ने उनीहरूको धारणा छ ।
 
उनीहरूले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै दूतावासहरूको प्रभावकारी उपयोग गर्ने दिशामा कदम चाल्न तथा दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।
 
परराष्ट्र मन्त्रीलाई पत्र
परराष्ट्र मन्त्री शिशिर खनाललाई एक पत्र पठाउँदै एनआरएनए एनसीसी दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्पराज भट्टराईले  दक्षिण अफ्रिकास्थित नेपाली  दूतावास बन्द गर्दा ठूलो कूटनीतिक खालीपन सिर्जना हुने बताए । 

"प्रिटोरिया मिसन केवल द्विपक्षीय कार्यालय मात्रै होइन; यो सम्पूर्ण अफ्रिकी महाद्वीपमा नेपालको एक मात्र कूटनीतिक आधार हो, जसले यस क्षेत्रका करिब २२ राष्ट्रहरूलाई एकैसाथ सेवा प्रदान गर्दछ," डा भट्टराईले भने ।  उनले दूतावास बन्द गर्दा  दक्षिण अफ्रिका र छिमेकी देशहरूमा रहेका नेपाली पेसाकर्मी, अनुसन्धानकर्ता, विद्यार्थी र कामदारहरूलाई कन्सुलर संरक्षण, राहदानी नवीकरण वा आपत्कालीन राज्य सहायता प्राप्त गर्न कठिनाइ हुने बताए ।
 
"दक्षिण अफ्रिकासँग  अफ्रीकामहाद्वीपकै सबैभन्दा परिष्कृत अर्थतन्त्र र कन्सुलर सेवाको मजबुत ढाँचा छ । यहाँ उपस्थिति कायम राख्नु व्यापार, शैक्षिक आदानप्रदान र लगानीका नयाँ च्यानलहरू खोज्नका लागि अत्यन्त महत्त्वपूर्ण छ, जुन तपाईँको आर्थिक कूटनीतिको दृष्टिकोणसँग मेल खान्छ," पत्रमा भनिएको छ ।  "प्रिटोरिया दूतावासले बिसभन्दा बढी अफ्रिकी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध व्यवस्थापन गर्नका लागि लागत-प्रभावी र केन्द्रीकृत प्रवेशद्वार प्रदान गर्दछ । यसलाई बन्द गर्दा नेपाललाई द्रुत गतिमा विकास भइरहेको भूराजनीतिक परिदृश्यबाट अलग्गिने छ । "
 
नेपाली  दूतावास  पूर्ण बन्द गर्ने अपरिवर्तनीय कदम चाल्नुअघि, मन्त्रालयले वैकल्पिक र लागत-बचत उपायहरू जस्तै: मिसनको भौतिक आकार घटाउने वा प्रशासनिक खर्च घटाउने जस्ता विकल्पहरू खोज्नका लागि पनि डा भट्टराईले अनुरोध गरेका छन् ।


प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
रसुवा-नुवाकोट बाढीपीडितलाई एनआरएनएको पाँच करोड बराबरको राहत
रसुवा-नुवाकोट बाढीपीडितलाई एनआरएनएको पाँच करोड बराबरको राहत बिहीबार, भदौ ११, २०८३
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी आइतबार, भदौ ७, २०८३
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो आइतबार, साउन ३१, २०८३
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस सोमबार, साउन १८, २०८३
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP