काठमाडाैं - आज सेयर बजार कारोबार रकममा सुधार देखिएको छ। आज कुल ४ अर्ब ४९ करोड बढीको सेयर खरिद बिक्री भएको हो।
कारोबार कित्ता संख्या समेत शुक्रबार १ करोड नाघेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कम्पनीहरुको १७/१८ करोडमा खुम्चिएको कारोबार रकम समेत आज बढेर ४३ करोडसम्म पुगेको छ।
शुक्रबार कुल कारोबार रकममा आँखुखोला जलविद्युत् कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँको योगदान छ। त्यसैगरी रिडी पावर कम्पनीको २४ करोड, नेशनल हाइड्रो र अपि पावरको १६ करोड र बुंगल हाइड्रोको १० करोडको किनबेच भएको हो।
यस दिन नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा चढेको छ। योसँगै २०३ वटा सेयरको मूल्य समेत बढेको छ। धेरै बढ्नेमा क्रेस्ट माइक्रोलाइफ अगाडि छ। कम्पनीको १४.८१ प्रतिशतले मूल्य बढेको हो। बाँकी सेयरहरु अधिकतम ९.३५ प्रतिशतसम्म बढे।
त्यस्तै आज ५७ वटा सेयरको भने मूल्य घटेको छ। यद्यपि गिरावट दर भने अधिकतम २.५९ प्रतिशतसम्म मात्र छ। नेप्सेका अनुसार शुक्रबार व्यापार समूहबाहेक बाँकी सबै बढे।