काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अंकले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अंकले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो ।
आज तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छ सय १९ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा छन् ।
आज युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन-८० का लगानीकर्ताले कमाएका छन् । त्यस्तै, एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, सज लाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।