काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा एसोसियट तर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठलाई ३२९ मतले हराउँदै विजयी भएका हुन् ।
निर्वाचनमा एसोसियट तर्फको उपाध्यक्षका लागि कुल १ हजार ८३४ मत खसेको थियो । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार पाण्डेले १०७९ मत ल्याउँदा श्रेष्ठले ७५० मत मात्रै प्राप्त गरिन् ।त्यस्तै, एशोसियट सदस्यमा सर्वाधिक मतसहित सचिन ढकाल विजयी भएका छन् । महासंघको एशोसियट तर्फ कार्यसमिति सदस्यमा सचिन ढकाल विजयी भएका हुन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार सचिनले १३ सय १८ मत पाएका हुन् । ढकालसहित एशोसियट तर्फ कार्यसमिति सदस्यमा १७ जना विजयी भएका छन् ।विजयी हुनेहरूमा हेमन्त गोल्छा १२०२, अम्बिका प्रसाद पौडेल ११८३, उज्ज्वल कुमार श्रेष्ठ ११५६, शक्ति कुमार बेगानी ११४२, ऋषि अग्रवाल ११२२, सुशील थापा १०९४, रामशरण भण्डारी १०४३, राजेश कुमार अग्रवाल १०८२, सुयस प्याकुरेल १०६९, बाबुकाजी कार्की १००६, दिवश न्यौपाने ९९१, कृष्ण लाल महर्जन ९७४, प्रियराज रेग्मी ९५४, इश्वर बहादुर जि सी ९४९, सुरज उप्रेती ९०७ र बटु लामिछानेले ८६० मत पाएका छन् ।