Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा
सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २, २०८३

काठमाडौं - संयुक्त राष्ट्रसंघले “अन्तर्राष्ट्रिय आरोग्य दिवस”लाई औपचारिक मान्यता दिएपछि बुधबार सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक उक्त दिवस मनाइएको छ। यसै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल ‘गनेस’ले सन् २०२७ लाई “नेपाल आरोग्य वर्ष” घोषणा गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आरोग्यलाई समग्र मानव जीवनसँग जोडिएको अवधारणाका रूपमा व्याख्या गर्दै यसलाई विश्वव्यापी प्राथमिकतामा राख्नुपर्ने बताए। उनका अनुसार आरोग्य भनेको रोगको अभाव मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो।

सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावका बीच आरोग्यलाई आशाको प्रतीकका रूपमा लिनुपर्ने उल्लेख गरे। उनले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउँदै प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहर र आध्यात्मिक परम्पराको प्रभावकारी उपयोग आवश्यक रहेको धारणा राखे।

Hardik health

पर्यटनमन्त्री पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिँदै नेपालले विश्वलाई नयाँ मार्ग देखाउन सक्ने बताए। उनले आरोग्यलाई आत्मअनुभूति र आन्तरिक शान्तिसँग सम्बन्धित अवधारणाका रूपमा व्याख्या गरे। विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै उनले विश्वभर एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले आरोग्यको आवश्यकता झन् बढ्दै गएको उल्लेख गरे।

उनका अनुसार सरकारले आरोग्य पर्यटनलाई ‘सफ्ट पावर’का रूपमा विकास गर्ने नीति अघि सारेको छ। सरकारको १०० बुँदे कार्ययोजनाअनुसार नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य राखिएको र सोही आधारमा सन् २०२७ लाई आरोग्य वर्ष घोषणा गरिएको उनले स्पष्ट पारे। यस पहलमार्फत दीगो विकास, सांस्कृतिक संरक्षण र स्थानीय समुदायको समृद्धि प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको औंल्याउँदै उच्चस्तरीय आयोग गठन, ‘वेलनेस सर्किट’ निर्माण तथा दीर्घकालीन बसाइ नीतिको आवश्यकता रहेको बताए।समारोहको सुरुवात बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माद्वारा मन्त्रउच्चारणबाट गरिएको थियो। कार्यक्रममा ध्यान तथा योग सत्र, आरोग्य पर्यटन रणनीति र लोगो सार्वजनिक गरिएको थियो।

नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई “अन्तर्राष्ट्रिय आरोग्य दिवस”का रूपमा मान्यता दिएको हो, र यस वर्ष पहिलो पटक विश्वभर यो दिवस मनाइएको हो।
 


प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १२:३८
#अन्तर्राष्ट्रिय आरोग्य दिवस
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा सर्वोच्चको रोक
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा सर्वोच्चको रोक शनिबार, असार २७, २०८३
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी शनिबार, असार २७, २०८३
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज शनिबार, असार २७, २०८३
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ शनिबार, असार २७, २०८३
विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा
विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा शनिबार, असार २७, २०८३
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान शनिबार, असार २७, २०८३
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना शनिबार, असार २७, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP