Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रविधिमैत्री नेपाल बैंक : अधिकांश सेवा पाँच मिनेटभित्रै
प्रविधिमैत्री नेपाल बैंक : अधिकांश सेवा पाँच मिनेटभित्रै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १२, २०८२

रसुवा- सेवाग्राहीले बैंक पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ । यहाँस्थित  नेपाल बैंक लिमिटेडको धुन्चे शाखाले बैंकिङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल भएको हाे ।

पहिले ‘चेक’ भुक्तानी गर्न लामो समय लाग्ने भए पनि अहिले अधिकांश सेवा पाँच मिनेटभित्रै सम्पन्न हुन थालेको सेवाग्राही खड्गबहादुर बोगटी बताए । उनले भने, “बैंकको सेवा प्रविधिमैत्री हुँदा  सहज भएको छ । ” जिल्लामा बैंकले धुन्चे शाखा र स्याफ्रुबेँसी इकाइबाट सेवा सञ्चालन भइरहेको छ । शाखा प्रबन्धक ल्हाक्पारिञ्जी शेर्पाका अनुसार दुबै कार्यालयमार्फत नियमित कारोबार गर्ने सेवाग्राही सङ्ख्या २०० भन्दा बढी पुगेको छ ।

जिल्लाको सदरमुकाम धुन्चेमा बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्न तथा उत्तरी भेगका नागरिकलाई स्थानीय स्तरमै बैंकिङ पहुँच उपलब्ध गराउने उद्देश्यले स्याफ्रुबेँसी इकाइ स्थापना गरिएको हो । यस इकाइबाट ठूलोस्याफ्रु, खाम्जिङ, पेल्गो, बृद्धिम, थुमन, गोल्जुङ, गतलाङलगायतका गाउँका स्थानीयले निरन्तर बैंकिङ सेवा लिँदै आएका छन् ।

बैंकिङ कारोबार पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण भएपछि सेवा प्रवाह छिटो, पारदर्शी र सुरक्षित बनेको बैंकका खजान्ची प्रकाश ढकालले जानकारी दिए । जिल्लामा मात्रै नियमित बैंकिङ सेवा प्रयोग गर्ने सेवाग्राही सङ्ख्या सात हजारभन्दा बढी पुगेको छ ।

Hardik health

चौबिसै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘एटिएम’ सेवा सञ्चालनमा ल्याइएको छ भने नोटकोषसमेत सञ्चालन गरिरहेको छ । जिल्लामा सञ्चालनमा रहेका दर्जनौँ (क) वर्गका बैंकहरूसँग अन्तरबैंक कारोबारसमेत सहज रूपमा हुँदै आएको छ । शाखाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ५२४ भन्दा बढी खाता सञ्चालनमा ल्याएको जनाएको छ ।    त्यसैगरी, सुनचाँदी व्यवसायी, कृषि क्षेत्र, व्यक्तिगत तथा संस्थागत जमानीमा विभिन्न प्रकारका कर्जा सेवा प्रदान गर्दै आएको छ ।

सुनचाँदी धितो कर्जा आजको आजै र अन्य धितो राखी ऋण प्रवाहको हकमा धितो सुरक्षाको व्यवस्था मिलाएर ऋण प्रवाह गरिने गरिएको बैंकले जनाएको छ । रसुवामा पेन्सन बुझ्ने     सेवाग्राहीको सङ्ख्या करिब ६० रहेको छ भने सरकारी कार्यालय तथा सामाजिक सङ्घसंस्थाका सबै प्रकारका भुक्तानी र जम्मा प्रक्रियाको सेवा पनि यही बैंकमार्फत हुँदै आएको छ । विसं १९९४ मा स्थापना भएको नेपाल बैंक लिमिटेड नेपालको जेठो बैंकका रूपमा परिचित छ । रसुवामा भने यसको शाखा विसं २०३३ मा स्थापना भएको थियो । जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन बैंकले महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरू बताउँछन् ।

बैंकमा सुरक्षा गार्डदेखि शाखा प्रमुखसम्म गरी १५ जना कर्मचारी कार्यरत छन् । सेवाग्राही नेमबहादुर तामाङका अनुसार कर्मचारीहरू लगनशील, मिहेनती र सेवाग्राहीप्रति नरम व्यवहार तथा मानव अधिकारको पूर्ण सम्मानका साथ काम सम्पादन भएको पाइएकाले बैंकप्रतिको विश्वास अझ बलियो बनेको छ ।

ग्रामीण अर्थतन्त्र चलायमान 
पहाडी जिल्ला रसुवामा बैंकिङ पहुँच विस्तारसँगै व्यापार, कृषि, सामाजिक सुरक्षा वितरण तथा सरकारी सेवा प्रवाहमा उल्लेखनीय सहजता आएको छ ।

परम्परागत बैंकिङबाट डिजिटल बैंकिङतर्फको यात्रा पूरा गर्दै सो बैंकले अहिले ‘छिटो सेवा, सुरक्षित कारोबार र विश्वसनीय संस्था’ को पहिचान स्थापित गरिरहेको छ ।
           
 


प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन मंगलबार, जेठ १२, २०८३
मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने मंगलबार, जेठ १२, २०८३
आर्थिक अनुशासन कायम गराउने मुख्य लक्ष्यमा लेखा समितिले काम गर्छ: सभापति खड्का
आर्थिक अनुशासन कायम गराउने मुख्य लक्ष्यमा लेखा समितिले काम गर्छ: सभापति खड्का सोमबार, जेठ ११, २०८३
पर्यटकको रोजाइमा कोशी टप्पु
पर्यटकको रोजाइमा कोशी टप्पु सोमबार, जेठ ११, २०८३
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री सोमबार, जेठ ११, २०८३
‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’
‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’ सोमबार, जेठ ११, २०८३
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP